Saturday 20th June 2026

ओलीले पार्टी एकता तोडेर संविधानको घाँटी रेटे : दाहाल


तितोपाटी- नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको निरंकुशतालाई ध्वस्त पार्ने बताएका छन् । प्रतिगामी कदमका विरोधमा बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले श्री ३ हुन लागेका केपी शर्मा ओलीलाई लुम्बिनीले नै धराशायी बनाउने बताएका छन् । प्रचण्डले जनताका अगाडि निरंकुशता, प्रतिगमन, असंवैधनिक र अलोकतान्त्रिक स्वेच्छाचारी कदमका विरुद्ध संघर्ष गरिरहेको भन्दै केपी ओली भन्ने एकजना व्यक्तिको विरोध नगरी गलत विचार, मान्यता र गलत विधिको विरोध गरिरहेको भनेर बुझ्न आग्रह गरे ।

ओलीको निरंकुशता केही महिना मात्र चुड्कीको भरमा ध्वस्त हुने भन्दै प्रचण्डले ओलीले पार्टी एकता तोड्ने र संविधानको घाँटी रेट्ने काम गरेको आरोप लगाए । उनले भने, ‘अदालतप्रति विश्वास छ, तर सबभन्दा ठूलो अदालत जनता हो ।’
दुई वर्षभित्र आफ्नो पार्टी सरकारमा जाने र नयाँ नेपालको जग बसाल्ने प्रचण्डले बताए । उनले संविधानसभाबाट संविधान जारी भएपछि देशमा राजनीतिक स्थायित्व र विकास निर्माण तथा सम्वृद्धितर्फ जान्छ भनेर पार्टी एकता घोषणा गरिएपनि त्यसबेलाको सहमति केपी ओलीले नमान्दा समस्या भएको बताए ।


सम्बन्धित शीर्षकहरु

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

प्रतिकृयाहरू
...