Sunday 12th July 2026

मलेसियाबाट १७ नेपालीको शव नेपाल ल्याइयो


तितोपाटी- वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएर विभिन्न कारणले ज्यान गुमाएका नेपालीहरुको शव नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सको विमानले शनिबार १७ नेपालीको शव काठमाडौं ल्याएको हो ।

शनिबार ल्याइएका शवहरु सम्बन्धित आफन्तहरुलाई बुझाइएको छ । विदेशबाट ल्याइएका शव वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पुर्‍याउने गर्दै आएको छ ।

मृतक परिवारको पीडालाई बुझेर नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव नेपाल ल्याइएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

निगमले क्वालालम्पुर गन्तव्यमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएको छ । नेपाली कामदारको शव लिनकै लागि निगमले वाइडबडी जहाज प्रयोग गरेको हो ।


सम्बन्धित शीर्षकहरु

इरानले अमेरिकी अधिकारीहरूलाई हालैका केही समुद्री घटनाबारे स्पष्टीकरण दिँदै ती आक्रमणहरू जानाजानी नभई हतियार प्रणालीको एउटा “त्रुटिपूर्ण (errant) भाग” का…

अमेरिकाले इरानलाई परमाणु गतिविधि अघि बढाउनबाट रोक्न आवश्यक परे सैन्य विकल्प अझै खुला रहेको जनाएको छ। वासिङ्टनले तेहरानमाथि दबाब बढाउँदै…

गण्डकी प्रदेशसभाले औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई वैधानिकता दिने उद्देश्यसहित तयार गरिएको गाँजा खेती नियमन तथा व्यवस्थापन विधेयक…

प्रतिकृयाहरू
...