Monday 17th August 2026

निरेमको नयाँ म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा


तीतोपाटी – “त्यो दिन ” नामक एल्बममा समाबेश आधुनिक गीत ” ओठको मुस्कान “को म्यूजिक भिडियो रिलिज भएको छ। दिपेन गुरुङको स्वर तथा कमल रेग्मीको शब्द रहेको गितमा राजु सुन्दासले संगीत भरेका छन ।

निरेम प्रोडक्सन कुवेतको ब्यानरमा निर्मित म्यूजिक भिडियोमा राज मल्ल, दीपा मगर, गुलाम नवि मन्सुर, बिपिन अर्याल सँगै जय नारायण थारुको अभिनय रहेको छ। कुवेतको विभिन्न स्थानमा छायांकन गरिएको उक्त भिडियोलाई निरेम प्रोडक्सन कुवेतले आफ्नै युट्युब च्यानल मार्फत बजारमा ल्याएको हो।

भिडियो पृथक शैलीमा खिचिएको र कुवेतबाट भए पनि दर्शकहरुलाई केही नयाँपन दिन खोजेको निर्माण युनिटले जनाएको छ।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार बोर्डले गम्भीर बिरामी, अंगभंग तथा पारिवारिक स्वास्थ्य उपचार सम्बन्धी आर्थिक सहायता लिन चाहने वैदेशिक रोजगारीमा गएका कामदार र…

भारतको बिहार राज्यस्थित लखीसराय जिल्लाको अशोक धाम मन्दिरमा विद्युत् पोल खस्दा उत्पन्न भागदौडजस्तै घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ…

निरन्तर वर्षाका कारण देशका विभिन्न भागमा पहिरो, सडक भासिने तथा नदी कटानको समस्या बढ्दै गएको छ। यसका कारण देशभरका कम्तीमा…

प्रतिकृयाहरू
...