Monday 22nd December 2025

विश्व व्याडमिन्टन जुनियरतर्फको वरियताक्रममा प्रिन्स दाहाल तेस्रो स्थानमा


नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल विश्व व्याडमिन्टन महासंघले निकालेको जुनियरतर्फको नयाँ वरियताक्रममा तेस्रो स्थानमा उक्लिएका छन् । यु–१९ तर्फ प्रिन्स तेस्रो स्थानमा उक्लिएका हुन् ।  गत डिसेम्बरमा उनी विश्व वरियतामा ११ औं स्थानमा थिए ।

जुनियरतर्फ डेनमार्कका म्याड्स जुयल मोलर १३,५५० अंकसहित पहिलो स्थानमा छन् । त्यस्तै, भारतका वरुन कपूर १३,१५० अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानका दाहालको १०,४०० अंक छ । इङल्यान्डका इथान रोस १०,०६० अंकसहित चौथो र मलेसियाका एचओएच जस्टिन ९,५९० अंकसहित पाँचौ स्थानमा छन् ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...