Friday 9th October 2026

भारतको वनारसमा १५० भन्दा बढि नेपाली महिला बन्धक बनाइए


तितोपाटी – भारतको वनारसमा १५० जना भन्दा बढि नेपाली महिलालार्इ बन्धक बनाइएको खुलासा भएको छ । बन्धक बनाइएकी मध्येकी एक महिलाले अाफ्नो श्रीमानलार्इ फोन मार्फत अाफुहरूलार्इ भारतीय दलालले बन्धक बनाएको र उद्दार गर्न अाग्रह गरे पछि नेपाली महिलाहरूलार्इ बन्धक बनाइएको खुलासा भएको हो ।

प्राप्त जानकारी अनुसार वैदेशिक रोजगारीका लागि अवैधरुपमा तेस्रो मुलुक जान लागेका करिब १ सय ५० जना नेपाली महिलालाई भारत उत्तरप्रदेश राज्यको वनारसमा बन्धक बनाइएको छ । दलालले बन्धक बनाएको भन्दै कोठामा रहेकी एक बन्धक महिलाले बर्दिया मधुवन नगरपालिकामा रहेका आफ्नो श्रीमान्‌लाई फोनमा रुदै उद्दार गरिदिन गुहार मागेकी छन् ।

उनका श्रीमानले श्रीमती सहित करिब १ सय ५० नेपाली महिलालाई बन्धक बनाएकोले उद्दारका लागि स्थानीय प्रहरी समक्ष आग्रह गरेका छन्। ती महिलाले आफ्नो श्रीमानलाई नेपाली दलाल मार्फत आफूहरु भारतीय दलालको फन्दामा परेको बताएकी छन्।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बन्धक बनाइएकी ती महिलाकी श्रीमानले दिएको जानकारी अनुसार वनारसको अज्ञात ठाउँमा करिब १ सय ५० नेपाली महिलालाई बन्धक बनाइएको बताए।

‘१ सय ५० जना नै बर्दियाका महिला भएको जानकारी हामीलाई आएको छ,’ उनले भने, ‘उनीहरुको उद्दारका लागि माइती नेपाल लगायतका संस्थासँग समन्वय गरिएकोले चाँडै त्यसतर्फ जाने छौं।’ वनारसमा कुन ठाउँमा बन्धक बनाइएको हो भन्ने कुरा आफूलाई थाहा नभएको ती महिलालाई उद्धृत गर्दै श्रीमानले बताए। फलामको च्यानल गेट भित्र बन्धक बनाइएको र बन्धक बनाइएका महिला बर्दियाको विभिन्न ठाउँका भएको प्रहरीले जनाएको छ।

-कान्तिपरबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौंको बूढानीलकण्ठस्थित एक घरबाट प्रहरीले २१ किलो ७५० ग्रामभन्दा बढी अवैध सुन बरामद गरेको छ। यस घटनामा तीन चिनियाँ नागरिक…

शनिबार हुने प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीमा हजारौँ सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ। प्रदर्शनकारीहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा…

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणको तीन वर्षपछि इरानको क्षेत्रीय प्रभाव र सुरक्षा रणनीतिमा गम्भीर चुनौती देखिएको…

प्रतिकृयाहरू
...