Tuesday 30th December 2025

मलेसियामा पुनः कोरोना लहर, संकटकाल घोषणा


तीतोपाटी – मलेसियामा कोरोना भाइरसको महामारी पुनः देखिएपछि कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ। मलेसियामा दैनिक २००० भन्दा बढि कोरोना संक्रमित देखिन थाले पछि मलेसियाले मुलुकको आर्थिक अवस्था जोगाउन भन्दै मंगलबारदेखि लागू हुने गरी स्वास्थ्य संकटकाल र पाँच राज्यमा आगमनमा नियन्त्रण (एमओसी) जारी गरिएको हो । संकटकाल घोषणा लगत्तै अधिकांश रोजगारदाता कम्पनीले श्रमिकलाई फेरि आलोपालो ड्युटी (काम) लगाउन थालेका छन् । रोजगारदाताले सीमित संख्यामा श्रमिकलाई काममा लगाउन थालेका हुन् । यो संकटकाल अगस्ट १ सम्म लागू हुनेछ ।

नेपाली श्रमिकको मुख्य बसोबास रहेको पेनाङ, सेलाङगार, मेलाका, जोहोर र सवाह क्षेत्रमा आवागमनमा नियन्त्रण लगाइएको हो । कोरोनाको दोश्रो लहर फैलिए पछि त्यहाँ स्थित कम्पनीहरूले ३० प्रतिशतका दरले श्रमिकलाइ काममा लगाएका छन् । गत वर्ष कोरोना महामारी शुरू हुँदा पनि कम्पनीहरूले श्रमिकहरूलाइ आलोपालो काममा लगाएका थिए भने उक्त समयमा न्यूनताम तलब समेत नपाउने समस्या देखिएको थियो ।

यो स्वास्थ्य संकट लागू भएपछि आवागमनमा समस्या हुँदा स्वदेश फिर्न हुन चाहने नेपाली श्रमिकलाई समस्या हुने निश्चित छ । मलेसिया नेपाली श्रमिकहरूको ठुलो गन्तब्य मध्ये एक मानिन्छ ।


सम्बन्धित शीर्षकहरु

गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको…

परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमबार एकतासम्बन्धी…

प्यालेस्टिनी इस्लामवादी संगठन हमास ले चाँडै नयाँ शीर्ष नेता चयन गर्ने तयारी गरिरहेको भन्ने साउदी सञ्चारमाध्यम अशरक को रिपोर्टले मध्यपूर्वी…

प्रतिकृयाहरू
...