Monday 29th December 2025

ओलीको आरोप : भीम रावल सुदूरपश्चिम प्रदेशको समस्या


प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नेता भीम रावललाई सुदूरपश्चिम प्रदेशको विकासको वाधक भएको आरोप लगाएका छन्। शुक्रबार धनगढीमा आयोजित एक सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेता रावलको नाम नलिई उनलाई सुदूरपश्चिम प्रदेशको बाधकका रूपमा ब्याख्या गरेका हुन्।

‘अछामको एउटा केटो म जेल बस्या बेला बाटामा हिँड्दा हिँड्दै पुलिसले समाएर ल्याएछ र भेट्टाएर मैले राजनीतिकरण गर्‍याथेँ,’ ओलीले भने, ‘अहिले त कुराकानी सानातिना छैनन्, मान्छेभन्दा कुरा ठूला। यस प्रदेशको समस्या हो त्यो मान्छे, अब त्यो समस्या अन्त्य भएको छ।’

मन्त्री पद नपाएपछि नेता रावलले आफूविरूद्ध बोल्दै हिँडेको ओलीको आरोप छ। ‘मैले मन्त्री बनाएको बेला त केपी ओली ठिक थियो। तर, पछिल्लोपटक मैले एउटै प्रदेशबाट सधैं एउटैलाई मात्र नबनाउने भनेँ। मैले मन्त्री बनाउन नमानेपछि उहाँलाई पिर पर्‍यो। आज सुदूरपश्चिमले चार–चार जना मन्त्री पाएको छ, सम्भवतः यो आजसम्मकै पहिलो रेकर्ड होला।

-नागरिकन्युजबाट

सम्बन्धित शीर्षकहरु

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

प्रतिकृयाहरू
...