Wednesday 23rd September 2026

कविता र शक्तिको ‘एउटा यस्तो प्रेम कहानी’


नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’बाट चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् । यो चलचित्रको निर्माण घोषणा भएको केही बर्ष भएको थियो ।

तर, अब भने यसको निर्माणपक्षले चलचित्र रिलिजको तयारी गरेको छ । दिनेश दर्शनधारी र यशोधा राइको लगानीमा बनेको यो चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् । यो चलचित्र माघ १ गतेबाट रिलिज हुँदैछ ।चलचित्रको शिर्ष गीत काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शक्ति श्रेष्ठ र कविता मानन्धरको रोमान्टिक अवतार देख्न सकिन्छ ।

बसन्त सापकोटाको संगीत, सुष्मा राइको शब्द रहेको गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर छ । शिव श्रेष्ठको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, मिथिला शर्मा, बसुन्धरा भुषाल, नरेन खड्का लगायतका कलाकारको अभिनय छ ।चलचित्रबाट शक्ति, कविता र संयक दर्शनधारीले डेब्यू गर्दैछन् । चलचित्रमा सुनिल कटुवाल, राम नारायण शाह, दिनेश थापामगर, खुम तामाङ, तारा तुलाधर सह–निर्माताको रुपमा छन् ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...