Tuesday 30th December 2025

कविताः जनताको कसैप्रति भरोसा नै छैन – लोक छन्द: सवाई -हरि शर्मा (गलकोटे कवि)


राणातन्त्र राजतन्त्र प्रजातन्त्र अनि
लोकतन्त्र गणतन्त्र महामन्त्र पनि
आफ्नो स्वार्थ पुरा गर्न जपिएका मन्त्र
कोही पनि स्वार्थदेखि छैन स्वतन्त्र ।१।🌷🙏🌺

हाने जस्तो रोए जस्तो गरेका खै किन
ऐलेसम्म नेताज्यूको मन बुझिएन
शहिदको सरापले नेतालाई पोल्छ
सत्य कुरा एकदिन चट्टानले बोल्छ ।२।🌷🙏🌺

कोरोनाले सताएर पिल्सिएका बेला
नेताहरु देखाएका किन यस्तो लीला
के को लागि लड्छौ नेता बोल एकचोटि
लाज मर्नु पार्‍यौ किन फुकालेर धोती ।३।🌷🙏🌺

कुनै कुरा गर्नुअघि उद्देश्यको खोजी
गरिकन काम शुरु गर्नुपर्ने हो कि ?
यतिबेला चुनाबको के को खाँचो थियो ?
भन्ने कुरा अझैसम्म बुझिएन क्या हो ।४।🌷🙏🌺

आफ्नो गल्ति कोही पनि स्वीकारेको छैन
अरुमाथि मात्र दोष थोपरेको किन ?
जनताको कसैप्रति भरोसा नै छैन
यस्तो बेला मतदान गर्ने हामी किन?।५।🌷🙏🌺

-हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको…

परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमबार एकतासम्बन्धी…

प्रतिकृयाहरू
...