Friday 9th October 2026

कविताः शुभकामना नयाँ वर्षको – लोक छन्दः झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


शुभकामना नयाँ वर्षको 🌷🙏🌺
लोक छन्द: झ्याउरे~🌷🙏🌺
~जनप्रिय लोक छन्द: झ्याउरे~🌷🙏🌺

अंग्रेजी नयाँ वर्षको दिएँ म शुभकामना
हजुरहरु सबैका पुगुन् मनका भावना
कामना मात्र भएर हुन्न कर्मको पुजारी
भएमा मात्र कर्मको फल मिल्दछ बेसरी।१।🌷🙏🌺

सपना देखी अमिर हुन्न लोकमा भिखारी
देशमा नेता भएको देख्छौँ गफका पुजारी
गफको वाण बनाई बने व्याधा र शिकारी
हजुर हाम्रो अवस्था बिग्र्यो यिनले बिगारी ।२।🌷🙏🌺

आफूको भन्दा अरुको सेवा मनमा पलाओस्
परोपकार नेताको लक्ष नेताले बनाओस्
व्यापारी पनि अरुको सेवा मनमा जमाओस्
ठगेर हैन सेवाले मात्र प्रशस्त कमाओस् ।३।🌷🙏🌺

डाक्टर पनि धनमा भन्दा सेवामा रमाओस्
किसान पनि अन्याय कर्ता जानेर समाओस्
देशको शिक्षा पध्दति सँधै बेहोरा सिकाओस्
देशको भक्ति मनमा राख्ने शासक बनाओस् ।४।🌷🙏🌺

देशमा हुने गुट र चिरा जुटेर एकता
भएमा मात्र हुनेछ लाभ मूल्य र मान्यता
साहित्यभित्र गुट र झुण्ड घटेमा हटेमा
कविको पनि कविको रूप भएको उत्तम।५।🌷🙏🌺

बोलेर हैन लेखेर गरौँ लक्षको छनौट
कसरी पुग्ने लक्षमा भन्दै कार्यको बनोट
गरेको कार्य समिक्षा गरी गल्तिको चिनारी
भएको गल्ति मानव बनी लिनेछौँ स्विकारी ।६।🌷🙏🌺

नेताले गर्छ विकास भनी कसैले नसोचौँ
आनन्द मिल्छ बाहिर भनी कसैले नखोजौँ
हामी नै बनौँ शिव र विष्णु सन्त र महन्त
अरुको मुख ताकेर बस्दा अन्योल पर्दछ ।७।🌷🙏🌺

-हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा…

प्रतिकृयाहरू
...