Wednesday 1st April 2026

संसद विघटन प्रतिगमन भन्दै नागरिक आन्दोलनको शंखघोष


तीतोपाटी – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर देशलाइ प्रतिगमन तिर धकेलेको भनदै प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन सुरु भएको छ। नागरिक आन्दोलनका अगुवाहरुले शनिबार काठमाडौंको माइतीघर मण्डलामा नाटकसहित विरोध प्रदर्शन गरेका छन्। ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित सहभागीहरूले शंख बजाउँदै संसद् विघटनको विरोध गरेका हुन् ।

गत आइतबार प्रधानमन्त्री केपी ओलीले अचानक प्रतिनिधिसभा विघटन गरेपछि उनकाे याे कदमकाे चौतर्फी विराेध सुरु भएको छ ।

नेपालको संविधानमाथि प्रहार भएकाले विरोध प्रदर्शन गर्नुपरेको बृहत् नागरिक आन्दोलनमा सहभागी अधिकारकर्मीहरूले बताएका छन् । सरकारले संसद् विघटन गरेर देशलाई प्रतिगमनतर्फ लगेको भन्दै सरकारको यो कदम संसद् विघटन मात्रै नभई संविधानमाथिकै आक्रमण भएको उनीहरूको भनाइ छ ।

प्रदर्शनमा सहभागी नागरिक अधिकारकर्मीहरूले संविधानभित्रैबाट अहिलेको समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । प्रदर्शनमा ‘जो रक्षक उही भक्षक’, ‘संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’, ‘संसद् विघटनको दुस्साहस, लोकतन्त्रको उपहास’, ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाईं नि ?’, ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’, ‘संविधानमाथिको प्रहार, इतिहासको ठूलो अत्याचार’ लेखिएका प्लेकार्ड प्रदर्शनकारीहरूले बोकेका थिए ।

बृहत् नागरिक आन्दोलनले आगामी दिनका लागि थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ । नागरिक अगुवाहरूले पुस १८ गतेसम्म एक दिन बिराएर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...