Tuesday 25th August 2026

पोर्चुगल पठाइदिन्छु भन्दै १६ लाख रुपैयाँ ठग्ने पक्राउ


तितोपाटी- वैदेशिक रोजगारको लागि पोर्चुगल पठाइदिन्छु भनी नगद १६ लाख २५ हजार २ सय ५० रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रूपन्देही ओमसतिया गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टे बस्ने ३३ वर्षीय शिव नारायण चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

शिव नारायणले रूपन्देही जिल्लाका २ जना व्यक्तिबाट उक्त रकम बैंक खातामा जम्मा गर्न लगाइ अफर लेटर, भिसालगायतका कागजात नक्कली बनाई ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो ।
उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकाले करिब पाँच दशकपछि सिरियालाई “आतंकवाद प्रायोजक राष्ट्र”को सूचीबाट हटाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाली राष्ट्रपति अहमद अल-शाराले अन्तर्राष्ट्रिय…

अमेरिकाले इरानसँग आर्थिक सम्बन्ध कायम राख्ने देशहरूलाई कडा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानलाई आर्थिक रूपमा…

भारतको इलाहाबाद उच्च अदालतले विद्यालयको निर्धारित पोसाकसँगै हिजाब वा अतिरिक्त हेडस्कार्फ लगाउने विषयमा महत्वपूर्ण फैसला सुनाएको छ। अदालतले स्कुलले तोकेको…

प्रतिकृयाहरू
...