Thursday 17th September 2026

दर्शन ठकुरी समाज कुवेतको अधिवेशन संगै रक्तदान कार्यक्रम सम्पन्न


तीतोपाटी-  दर्शन ठकुरी समाज कुवेतको चौथो अधिवेशन सम्पन्न संगै अध्यक्षमा रूपेन बिक्रम हमाल निर्बिरोध निर्वाचित भएका छन् साथै सोही दिन रक्तदान कार्यक्रमक पनि सम्पन्न भएको छ ।

गत शुक्रबार साल्मिया स्थित बिकास सिंह ठकुरीको निवासमा सम्पन्न चौथो अधिवेशन पश्चात विश्व कोरोना महामारीको अतंकमा रहेका बेलामा कसैलाई रगतको अभावमा ज्यान घुमाउन नपरोस भन्ने उद्देश्यले सोही कार्यक्रममा समाजका सदस्यहरु र एनबिडिए कुवेतको सहकार्यमा जाब्रियास्थित ब्लड बैंकमा गइ रक्तदान गरेका थिए ।

संस्थापक संरक्षक बिबि मल्लको सभापतित्वमा सम्पन्न  अधिवेशनमा संस्थाका संरक्षक, सल्लाहकार, सदस्यहरुको उपस्थित रहेको थियो । कार्यक्रम संचालक निबर्तमान उपाध्यक्ष माधब शाहीले गरेका थिए। “ठकुरी भाषा र संस्कृतिको संरक्षण गरौ’सम्पूर्ण ठकुरी एक ढिक्का भई अगाडि बढौं“ भन्ने मुलनाराका साथ स्थापना भएको दर्शनठकुरी समाज कुवेतले नेपाली समाजमा आफ्नो छुट्टै पहिचान बनाएको छ ।

नयाँ कार्यसमिति यस प्रकार रहेको छ ।

मानार्थ संरक्षक – डम्बर जङ मल्ल, एल बि हमाल
संरक्षक  – बि बि मल्ल, बिकास सिंह
सल्लाहकार -उदय मल्ल, माधब शाही, तुल्सा मल्ल, राजेन्द्र  बम, बल बहादुर खाड
अध्यक्ष – रुपेन बिक्रम हमाल
प्रथम उपाध्यक्ष – निरज सिंह ठकुरी
द्वितीय उपाध्यक्ष – बिश्नु शाही
तिर्तिय उपाध्यक्ष – सन्तोशी शाही
महासचिब – राज मल्ल
सचिब – गोबिन्द मल्ल
कोषाध्यक्ष – सोनीका सिंह
सह कोषाध्यक्ष – प्रेम सेन
सदस्यहरु- कुमार ठकुरी, सरला शाही, बाबू मल्ल, अनिता मल्ल, दीपेन्द्र खाड, गणेश शाही, कमल सिम्ताली, खेम बहादुर शाही, ज्ञानुसागर शाह, सुरज मल्ल, सत्यम मल्ल, बिजय बम, प्रेम सेन, कृष्ण शाही, अर्जुन शाही, बिजय चन्द, सुरज सेन, सुरज शाही

साँस्कृतिक संयोजक – बिजय बम
साँस्कृतिक उप संयोजक – खेम शाही
युवा संयोजक – दिपेन्द्र खाड
युवा सह संयोजक –  बाबू मल्ल


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...