Wednesday 26th August 2026

संक्रमित डा. केसीले भने- उपचार खर्च आफैं व्यहोर्छु


कोरोना संक्रमित भई उपचार गराइरहेका चिकित्सक डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैंले व्यहोर्ने बताएका छन्।शुक्रबार कोरोना संक्रमण देखिएपछि केसी टिचिङ अस्पतालमा उपचाररत छन्। प्रधानमन्त्री केपीशर्मा ओलीले ट्वीटरमार्फत केसीलाई स्वास्थ्यलाभको कामना गर्दै सरकारले उपचार खर्च व्यहोर्ने बताएका थिए। केसीले त्यसकै जवाफमा आज एक विज्ञप्ति जारी गर्दै संक्रमित विपन्न र दूरदराजका नागरिकले नै उपचार नपाएको अवस्थामा व्यक्ति विशेषको उपचार व्यहोर्नुभन्दा विपन्न नागरिकको उपचार खर्च व्यहोर्नमा सरकारको ध्यान जानुपर्ने बताएका छन्।

‘हामीसँग पटक पटक गरिएका सम्झौता कार्यान्वयन भएको भए देशका दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल मेडिकल कलेज बन्ने थिए’ उनले विज्ञप्तिमा भनेका छन् ‘त्यहाँका नागरिकले कोरोनाका साथसाथै सम्पूर्ण रोगको गुणस्तरीय, निशुल्क, सर्वसुलभ स्वास्थ्य सेवा पाउने थिए। तसर्थ १९ औं सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न अनुरोध गर्दछु।’ प्रधानमन्त्रीले गरेको स्वास्थ्यलाभको कामनाप्रति भने उनले धन्यवाद दिएका छन्।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...