Tuesday 6th October 2026

चीनमा अाैधगिक क्षेत्रमा बिष्फोट, १९ जनाको मृत्यु


तितोपाटी – चीनको सिचुवान प्रान्तस्थित औद्योगिक क्षेत्रमा भएको विस्फोटमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । अधिकारीहरुले १२ जना घाइते भएको जनाएका छन् । समाचार संस्था रोयटर्सले जियाङ आन काउन्टीका अधिकारीलाई उदृत गर्दै यिबिन हेन्ग्डा टेक्नोलोजीको परमाणु केन्द्रमा विस्फोट भएको जनाएको छ ।

चिनियाँ समाजिक सञ्जालमा पोष्ट गरिएका तस्बिरहरुमा ठूलो आगोको मुस्लो तथा धुँवा उडेको देखिन्छ ।

विस्फोटको कारण भने थाहा हुन नसकेको अधिकारीले जनाएका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार विस्फोटपछि भएको आगलागी नियन्त्रणमा लिइएको छ ।

घाइतेहरुको अवस्था स्थिर रहेको तथा अधिकारीले घटनाबारे अनुसन्धान गरिरहेको सिन्ह्वाले जनाएको छ । यिबिन हेन्ग्डा टेक्नोलोजीले खाना तथा औषधि कम्पनीका लागि रसायनहरुको उत्पादन गर्ने गर्छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार विस्फोट तथा आगलागीका कारण तीन तले भवन पूर्णरुपमा ध्वस्त भएको छ । सन् २०१५ मा चिनको तियानजिनस्थित एक रसायनिक गोदामा भएको विस्फोटमा परि १ सय ७३ जनाको ज्यान गएको थियो ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...