Friday 17th July 2026

साउदीमा बन्धक एक नेपाली महिलाद्वारा उद्धारको लागी अनुरोध


तितोपाटी- लामो समयदेखि साउदी अरबको एउटा घरमा  बन्धक जीवन बिताइरहेकी झापाकी एक महिला उद्धारका लागि सरकारी सहयोग कुरेर बसेकी छन्। झापा मेचीनगर १ तिरिङकी बासिन्दा शर्मिला किसान मगर, नेपाली दलालको फन्दामा परेर अर्काकै नागरिकतामा साउदी पुगेयता बेपत्ता थिइन्।

यतिका समय परिवारको सम्पर्क बाहिर रहेकी उनी दुई महिनायता मात्रै सम्पर्कमा आएकी हुन्। शनिबार बिहान नागरिकसँग फोन सम्पर्कमा आएकी उनले आफू उद्धार कुरेर बसेको बताइन्। ‘मलाई यहाँ कसैसँग बोल्न दिँदैनन्, बन्दी जस्तो बनाएका छन्’, उनले भनिन् ‘अहिले पनि दश रुपैयाँ सापटी खोजेर फोनमा पैसा हालेर बाथरुमबाट बोल्दैछु। यहाँ दुतावासमा नौ महिनासम्म फोन गरेंं, कसैले केही सहयोग गरेनन्।’

तत्कालीन बाहुनडाँगीको वडा नम्बर ९ मा पर्ने तिरिङमा दैनिक कृषि मजदुरी गर्ने परिवारकी सदस्य उनी पारिवारिक सहमतिमै विदेशिएकी थिइन्। चिनजानको मान्छेले विदेशिएपछि राम्रो हुने लोभ देखाएपछि गाउँमा भएको पाँच कट्ठा पाखोबारी बन्धकी राखेर भारतीय बाटो हुँदै विदेशिएकी थिइन्। निरक्षर उनलाई दलालले झापार्कै लखनपुर ४ ठेगाना भएको लीलामाया धिमालको नाममा विदेश पुर्याइएको थियो।

मगरकी छोरी उनले गाउँकै बन्दा किसानसँग प्रेम विवाह गरेकी थिइन्। उनी विदेशिए लगत्तै बेपत्ता भएपछि बन्धकी राखेको जमिन उकास्ने उपाय भएन। विक्षिप्त बनेका पति बन्दा तीन वर्ष अघि बिते। काखैमा खेल्ने उमेरमा छाडेर गएकी छोरीले आफै बिहे गरिन्। छोरा अहिले मानसिक स्वास्थ्यमा खराबी आएर विक्षिप्त बनेका छन्। ‘छोराको हालत त्यस्तो रहेछ, उपचार गर्न पैसा छैन, आफूलाई यहाँ घरबाट कतै निस्किन दिँदैनु, उनले भनिन् ‘मलाई कसैगरी उद्धार गरिदिए भताभुंग भएको परिवार सम्हाल्ने थिएँ।’

साउदीमा बालबच्चा हेर्ने काम गरिरहेकी उनले आफूलाई तलब नदिएका कारण साथमा एकै पैसा पनि नभएको बताइन्। ‘मालिकको छोराले पिटेका कारण एउटा आँखा नदेख्ने भएकी छु, उनले भनिन् ‘यातना सधैं दिन्छन्।’

झापामा रहेका परिवारजनले पनि उनको उद्धारका लागि सरकारसँग आग्रह गरेका छन्। ‘हामीले पूरै माया मारिसकेको दिदी सम्पर्कमा त आउनुभयोु, उनका भाई हेमराज मगरले भने ुतर, दलालले अर्कैको नाममा पठाएको रहेछ। भिसाको म्याद पनि सकिएको रहेछ। बन्धक अवस्थाकी दिदीलाई कसरी घर ल्याउने केही उपाय नै भएन।

साभार नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

गुलाम नबी मन्सुर, कुवेत - जब देशका ऊर्जाशील युवाहरूले पालैपालो आफ्नै शरीरमा आगो लगाएर जीवन अन्त्य गर्नुपर्ने अवस्था सिर्जना हुन्छ,…

लन्डन। बेलायत सरकारले अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीविरुद्ध छानबिन गर्न विश्व फुटबल महासंघ (फिफा) लाई आग्रह गरेको छ। विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डलाई…

नेपालमा ठूला आर्थिक अपराधका मुद्दामा एउटा प्रश्न बारम्बार उठ्ने गरेको छ—सरकारले अर्बौं रुपैयाँको बिगो दाबी गर्छ, तर अदालतले केही करोड…

प्रतिकृयाहरू
...