Monday 31st August 2026

गजल -धर्मिला कार्की


पराई पनि आफ्ना हुन्छन् धन भयो भने
टाढा पनि नजिक बन्छ मन भयो भने

धन र मन को मात्रै कुरा के गर्नु हजुर
घर पनि सुन्दर देखिन्छ आँगन भयो भने

गाउँ बस्तीहरु पनि हराभरा देखिन्छन्
छेउछाउमा हरियाली रानीबन भयो भने

एकताले समृद्ध बन्ने समाज मात्र होइन
परिवार नै बलियो बन्छ पर्याप्त जन भयो भने

आजकाल आफूलाई त कुबेर झै लाग्छ हजुर
एक महिनालाई मात्रै पुग्ने रासन भयो भने

धर्मिला कार्की
महाराजगंज,काठमाडौँ


सम्बन्धित शीर्षकहरु

प्रकाश सायमीले आफ्नो फेसबुक वालमा लेखेको यो सामग्रीलाई केवल गायक उदीतनारायण झाको जीवनीका रूपमा हेर्नुभन्दा पनि नेपाली संगीत तथा चलचित्र…

डिजिटल वित्तीय प्रणालीको तीव्र विकाससँगै क्रिप्टोकरेन्सी विश्वभर लोकप्रिय बन्दै गएको छ। छिटो, सीमापार र मध्यस्थ निकायविना कारोबार गर्न सकिने सुविधाका…

धमिलो दृष्टि (Blurred Vision) आँखासम्बन्धी सबैभन्दा सामान्य समस्यामध्ये एक भएको र यसलाई बेवास्ता गर्दा गम्भीर स्वास्थ्य समस्या लुकिरहेको हुन सक्ने…

प्रतिकृयाहरू
...