Friday 11th September 2026

आधा किलो सुनसहित दाजु बहिनी पक्राउ


कपिलवस्तुमा आधा किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू दाजुबहिनी हुन्।मायादेवी गाउँपालिका वडा नम्बर ५ बनकछियाबाट ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्ता आधा किलो सुनसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

उनीहरू लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका थिए। उनीहरूको साथबाट आधा किलो सुन बरामद गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले सेतोपाटीलाई बताए। सुनसहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालय तौलिहवा ल्याएर थप अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए। उनीहरू बिहीबार पक्राउ परेका हुन्। प्रहरीले आज घटनाबारे पत्रकार सम्मेलन गरी थप सार्वजनिक गर्ने बताएको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...