Sunday 17th May 2026

नेपालको आफ्नै रेल जनकपुर आइपुग्यो


तितोपाटी – नेपाल सरकारको आफ्नै रेल शुक्रबार जनकपुर आइपुगेको छ । नेपालको आफ्नै रेल चलाउने योजनाअनुसार रेल विभागले कोकन रेल्वे कर्पाेरेसन लिमिटेडसँग जीटूजी -सरकार टू सरकार)मार्फत १० मे २०१९ मा रेल खरीदसम्बन्धी सम्झौता गरेको थियो । भारत सरकारको मातहतमा रहेको कोकनसँग यो रेल भन्सार शुल्कबाहेक झण्डै ८४ करोड (८३ करोड ९३ लाख ६० हजार) मा किनिएको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईका अनुसार १६०० एचपी डेमु रेल २ वटा नेपाल आइपुगेका हुन् । रेलको अगाडि र पछाडि दुईवटा इन्जिन छन् । एउटा रेलमा ५ वटा डिब्बा छन् । एउटा ड्राइभिङ्ग पावर कार, एउटा ड्राइभिङ्ग ट्रेलर कार, २ वटा जेनरल ट्रेलर कार र एउटा एसी ट्रेलर कार छ ।

एउटा ट्रेन सेटले एकपटकमा करीब १३ सय यात्रु बोक्छ भने प्रतिघण्टा ११० किलोमिटर कुद्छ । रेल सेवा सञ्चालन गर्न आवश्यक प्राविधिक कर्मचारी तत्काल भारतबाट नै ल्याइने भएको छ ।

नेपालमा रेलसेवा बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा नेपाली झण्डा अंकित रेल सेवा सुुरु हुन लागेको हो । यो रेल भारतको जयनगरदेखि नेपालको जनकपुर, सीतापुर भंगहा हुँदै बर्दिबाससम्म सञ्चालन गर्न किनिएको हो तर हाल जनकपुरदेखि जयनगरसम्म मात्र लिक निर्माण भएकोले शुरूवातमा जनकपुर-जयनगर मात्र रेल सेवा सञ्चालन हुनेछ । रेल नेपाल आइपुगे पनि कोरोना महामारीको सङ्क्रमण सामान्य नभएसम्म रेल सेवा सञ्चालन हुने छैन । रेल नेपाल र भारतबीच ‘क्रस बोर्डर’ चलाउनुपर्ने भएकाले दुवै मुलुकमा अहिले कोरोना महामारीको सङ्क्रमण दर उच्च रहेको हुँदा तत्काल सञ्चालनमा आउन नसक्ने रेल विभागले जनाएको छ ।

रेल प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम आइपुगेसँगै कोकन रेल्वे कर्पोरेसन लिमिटेडका मेकानिकल इन चिफ दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक भट्टराईलाई दुबै रेल सेट हस्तान्तरण गरेको पत्र बुझाएका छन् । रेललाई शुक्रबार जनकपुरधाममै राखिएको छ । रातभर दुबै रेलको परीक्षण गर्ने र शनिबार भारतको जयनगर पठाउने योजना छ । दुबै रेललाई सञ्चालनमा नल्याउँदासम्म जयनगरको नेपाल प्लेटर्फममा पार्किङ्ग गरी राखिने छ ।


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...