Monday 8th June 2026

लघुकथाः परिवर्तन -नारायण कोइराला


रात भरी ज्वरो र खोकी लागेर नवीन सुत्न सकेकै थिएन । उसको श्वास पनि बढीरहेको थियो । रुममा हामी सबै अलमल थियौं, के गर्ने? के नगर्ने दिमाखमा आएको थिएन् ।
विदेशको ठाउँ रातको समय शहरबाट बाहिर थियाे क्याम्प पनि । हामी आत्तियौ,कम्पनीमा फोन गरियो । भोलि बिहान मात्र आउने कुरो भो तर नविनको हालत झन खराब हुँदै गयो । हामी आतियौ, लक्षण देख्दा कोरोना जस्तो छ । हामीलाई पनि डर लाग्यो ।
ऊ छट्पटाई रहेको थियो।अब पनि हस्पिटल लगिएन भने साथीको अर्थ छैन । अचानक मलाई याद आयो!यहाँको सरकारले दिएको नम्बर ।
मैले कल गरी हालें, साथीहरु नबिनलाई सम्हाल्दै थिए । रातको समय भए पनि,एम्बुलेन्स तुरून्त आयो ।
अक्सिजिन लगाएर उसलाई लिएर गयो । हामी अब अलि दुक्क भयौ । निद लागि रहेको थिएन् । मनमा अनेक प्रश्न आएका थिए ।
“भोलि बिहान हामीलाई पनि फोन आयो,रुमबाट बाहिर नजान भनेर । हामी पनि डरायौं । विदेशको ठाउँ अब के हुन्छ भनेर? घरको सम्झना आयो । आमाबाबा जीवन संगिनी अनि बाल बच्चाको पनि।”
हामीलाई पनि चेक गरियो ।अरू २ जना साथीलाई पनि कोरोना पोजेटिभ आयो । बाँकी हामी २ जना रुममा बस्न थाल्यौं । मनमा डर थियो,आत्मा कमजोर भए जस्तो लाग्थ्यो । फेरि पनि हिम्मत गरियो, डाक्टरको सल्लाह अनुसार आफ्नो ख्याल गरियो । हामी नर्मल नै थियौं ।
अचानक नवीन आइसियुमा गएको खबरले, हामी डरायौं । मन आतियो नत भेट्न जान सकिन्छ । के छ खबर कम्पनीबाट पनि केही बताउँदैन । कस्तो रोग आयो भनेर आफै भित्र सोध्नु पर्ने?
१५दिनपछि हामी नर्मल भयौ।
एक महिना पछि हामी रुममा बस्दै थियौँ । एम्बुलेन्स हाम्रो क्याम्पमा आएर रोकियो । हामी तल झरियो,नवीन आएका थिए । हामी खुसी भयौं । रुममा प्रवेश गरियो ।
“नविनको आँखाबाट आँसु रसाए, उनको मन थामिएन । हामीलाई केही भन्न खोजेको जस्तो ? लाग्यो । उनको आवाज कमजोर थियो । शरीर पनि दुब्लो पातलो भएको थियो । त्यो दिन उनी बोल्न सकेनन्। ”
भोलिपल्ट बिहान हामी चिया पिउन थाल्दै थियौँ । नबिनले हामी सबैको मुखमा हेरी भने: साथी हो हजुरहरुको सहयोग अनि,यहाँको हस्पिटलको केयरले बाँच्न सफल भए ।
तर मेरो मन परिवर्तन भइसकेको छ, माफ गर्नुहोला म आजबाट कममा जान्न, राजीनामा दिदै छु । बाँकी जिन्दगी दुःख सुख घरपरिवार सँग बिताउन चाहन्छु । म मृत्युको मूखबाट बाँचेको छु ।
सबै साथीहरु एक्छिन अलमल परे, आपसमा मुख हेरा हेर भयो ।

तानसेन ,पाल्पा
हाल युएई


सम्बन्धित शीर्षकहरु

सोमबार बिहान फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का…

इरानले इजरायलमाथि नयाँ मिसाइल आक्रमण गरेको छ, जसलाई इजरायली सेनाले अवरोध गरेको जनाएको छ। बेरुतमा भएको आक्रमणपछि इरानले प्रतिकार गर्ने…

वास्तवमा, वैज्ञानिकहरूले मंगल ग्रह पूर्ण रूपमा "विनाश" भएको ग्रह हो भनेर मान्दैनन्, तर एक समय पृथ्वीजस्तै बढी सक्रिय र सम्भवतः…

प्रतिकृयाहरू
...