Thursday 22nd October 2026

कोरोना संक्रमणबाट २४ घण्टामा १४ जनाको मृत्यु, मृतकको संख्या ३३६ पुग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारिरहेको कोभिड-19 नोवल कोरोना भाइरस संक्रमणबाट नेपालमा २४ घन्टाभित्र थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा विभिन्न १० जिल्लाका ३ महिला र ११ जना पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेहरूमा काठमाडौंका तीनजना ७६ वर्षीया महिला तथा ५१ र ५४ वर्षीय पुरुष रहेका छन् ।

पर्साकी ७८ वर्षीया महिला, भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, सुनसरीका ४३ वर्षीय पुरुष, तनहुँकी ७६ वर्षीया महिला, स्याङ्जाका ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरुष, कास्कीका ५१ वर्षीय पुरुष, रुपन्देहीका ६० र ४० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

याेसमेत देशभर संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३ सय ३६ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।


सम्बन्धित शीर्षकहरु

साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले…

साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।…

गाजा युद्ध, क्षेत्रीय सुरक्षा चुनौती र राजनीतिक विवादका बीच इजरायलमा अक्टोबर २७ मा आम निर्वाचन हुँदैछ। यस निर्वाचनबाट १२० सदस्यीय…

प्रतिकृयाहरू
...