Friday 21st August 2026

कोरोना संक्रमणबाट २४ घण्टामा १४ जनाको मृत्यु, मृतकको संख्या ३३६ पुग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारिरहेको कोभिड-19 नोवल कोरोना भाइरस संक्रमणबाट नेपालमा २४ घन्टाभित्र थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा विभिन्न १० जिल्लाका ३ महिला र ११ जना पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेहरूमा काठमाडौंका तीनजना ७६ वर्षीया महिला तथा ५१ र ५४ वर्षीय पुरुष रहेका छन् ।

पर्साकी ७८ वर्षीया महिला, भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, सुनसरीका ४३ वर्षीय पुरुष, तनहुँकी ७६ वर्षीया महिला, स्याङ्जाका ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरुष, कास्कीका ५१ वर्षीय पुरुष, रुपन्देहीका ६० र ४० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

याेसमेत देशभर संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३ सय ३६ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।


सम्बन्धित शीर्षकहरु

रोजिना ढुंगाना - रातको करिब एघार बजेको थियो। सविताको हातमा मोबाइल थियो, तर उसको औँला एउटै स्क्रिनमा अडिएको थियो। उसले…

बंगलादेशका विदेश मामिला सल्लाहकार हुमायूं कबीरले प्रधानमन्त्री तारिक रहमानको आगामी सेप्टेम्बर १२–१३ मा भारतमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन…

इजरायली रक्षा बल (IDF) का प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरले दक्षिणी सिरियाको भ्रमण गर्दै इजरायलको सीमासँगै कुनै पनि शत्रुतापूर्ण शक्तिले…

प्रतिकृयाहरू
...