Saturday 2nd August 2025

तीन चोटिला मुक्तकहरू -मुस्कान ‘मुस्कान’


सफर जाँदा खेरी सहरमा नाता होस ।
वर्षा हुँदा आफ्नो हातमा छाता होस ।
प्यार र सम्बन्धलाई पुरानो हुन नदिन,
इश्वर तिमीसँग अजम्बरी गाता होस ।

मायाको बिरूवा रेगिस्तानमा रोपेर आउ ।
आँधी तुफानले उडाईदिन्छ छोपेर आउ ।
तिम्रो प्यारलाई मजाले अनुशन्धान गर्दैछु,
नाडीमा मेरो नामको ट्याटु खोपेर आउ ।

सोह्र सत्र पुग्ने बित्तिकै टल्किए यो परिवर्तन हो ।
थोरै चाख्दै मदिरा सँग पल्किए यो परिवर्तन हो ।
अचम्म मान्नु पर्दैन समयको तुफानबाट आज म,
चितामाथि आगो द्वारा सल्किए यो परिवर्तन हो ।

-मुस्कान ‘मुस्कान’
धनकुटा, पाख्रीबास
मो. नं. 9848877361


सम्बन्धित शीर्षकहरु

विशेष सम्पादकिय / रवि लामिछाने प्रकरणमा नागरिक चेत, राजनीतिक षड्यन्त्र र लोकतन्त्रको परीक्षण आज नेपालको समकालीन राजनीति, कानून, पत्रकारिता र…

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवाैं राष्ट्रिय महाधिवेशन यहि ३० जुलाइ २०२५ का दिन साँझ कुवेतको साल्मिया स्थित…

काठमाडौँ–  डार्क बिन्स क्याफे तथा बरिस्ता तालिम केन्द्रले नारायण श्रेष्ठलाई जुलाइ २८ तारिख,२०२५ का दिनबाट ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। डार्क…

प्रतिकृयाहरू
...