आन्दोलन चर्किएको बेलामा त्यो बेसी गाँउ नराम्ररी प्रभावित भएको थियो । मानिसहरू विस्थापित भएका थिए । ती मध्ये दोर्जे, मने र बम पनि थिए । बम अलि मूर्ख उदण्ड किसिमको थियो।
दिनमा ३/४जना बसि कुरा गर्ने अवस्था थिएन। रातको समयमा हामी ३ जाना एउटा बरीको कान्लो मुनि बसि सल्लाह गर्दै थियौँ,अब के गर्ने भनेर। सुनसान रात घरी घरी पारी तिर गोलीको आवाज सुनि राखिएको थियो । अचानक बमको दिमाखमा एक जुक्ति आयो। उसले हामीलाई हेर्दै ,अब यहाँ बस्नुको औचित्य छैन । हामी शहर तिर जाउँ।
मध्यरात हुन लागी सकें को थियो। हामीले एक अर्कालाई हेर्याैं, अरूविकल्प पनि त थिएन । ३जना सहमति भए पछि हामी मध्य रातमा शहरतिर लाग्याैं
रातको तो अँध्यारोसँग लडीबुडी गर्दै करिब ४ घण्टा हिंडे पछि बस आउने बाटोमा पुगियो। अँध्यारो बिस्तारै हट्दै थियो। सूर्यका किरण डाँडा पाखामा मुस्कान जस्तो उज्यालो छर्दै थिए ।
रोड पिच नभएको हुँदा सवारी साधन काम चल्दथे । एउटा खाली ट्रक आयो। हामीले ट्रक रोकायौ। कहाँ सम्म होला, दाजुहरू भनी प्रश्न गरे। हामी शहर सम्म भनी उतर दियौं । समय खराब छ, भन्दै लान अप्ठयारो मान्दै थिए तर हाम्रो अनुरोध माने ।
हामी ट्रकमा बसेर नयाँ जिन्दगीको बाटो तिर हुइकियौ।
साँझ पाखा शहर पुगियो,झिलीमिली बत्ती बलेको थियो। तो रात सडकमा वित्ताइयो।
हामी ३ जना शहरमा रिक्सा चलाउन थाल्यौं । दुःख सुख गुजारा चलइरहेको थियो, साँझ सबै जना एउटा रुममा जम्मा भएपछि रमाइलो हुन्थ्यो
अचानक बम हामीबाट छुट्टियो । हामीले उसलाई खोज्ने धेरै कोसिस गरे पनि सफल हुन सकिएन ।
समय बित्दै गयो। आन्दोलन झन् बढी रहेको थियो । आज भोलि बमका तस्बिरहरू सडकमा टाँसिन थालेका थिए । हामी अचम्म हुँदै थियौँ, ऊ आज भोलि कमान्डर भयो रे । पत्रिकामा पनि नाम आउन थाले रे । हामी आज पनि रोडमा थियौँ,उसको सम्झनाले हामाीलाइ सताउने गर्दथ्यो।
ठूलो आन्दोलन सकिए पछि देशमा शान्ति आयो भनेर सबैले खुसियाली मनाई रहेका थिए।
देशमा शान्ति आएपछी बन्द, हडताल सबै सकिएको थियो । हामी खुसी साथ जिएका थियौँ।
केही वर्ष पछि त्यही सडकमा म मेरो रिक्सा चलाई रहेको थिए। एकजना मानिस जमीनमा लडिरहेको थियो। म रिक्सा रोकि ऊ भएँ तिर गए,उसको हातमा पिप बगिरहेको थियो । धूलो र माटोले मुछिएको उसलाई उठाएर, माटो पुछिदिएँ ।
” म अचानक तर्सिए,मेरो शरीर काप्न थाल्लो । जमीन भासिए जस्तो भयो । मनमा भुइचालो गयो, मेरा आँखा तिरिमिरी भए । आवाज आएन, उ पनि मलाई हेरि मात्र रह्यो ।”
ऊ अरु कोहि नभयर हाम्रो साथी बम थियो । उसलाई लिएर कोठा तिर लागें ।
साँझ हामी फेरि सबै पुराना साथीहरु एकपल्ट भेट भइयो ।
बम खाली एउटा कुरो बोलिरहन्थ्यो । गरीबलाई जहाँ गए पनि दुःख कष्ट भन्दा अरु केही मिल्दैन । अध्यारो बढदै गयो । तीन मित्रका कुरा मधुर हुँदै गए,बिस्तारै निदले तान्यो । आवाज बन्द भयो ।
तानसेन,पाल्पा
हाल – युएई