Monday 28th September 2026

कोरोना संक्रमणको कारण विश्वभर ९ लाख भन्दा बढिको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्व मानब समुदायलाइ गाँजीरहेको कोभिड-19 नोवल कोरोना भाइरस संक्रमण भइ अहिले सम्म विश्वभर ९ लाख भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।  विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्ड मिटर डट इन्फोका अनुसार बुधबार अपरान्ह सम्म कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या २ कडाेड ७७ लाख ६९ हजार नाघेकाे छ भने कुल सङ्क्रमितमध्ये १ कराेड ९८ लाख ५१हजार भन्दा बढि उपचारपछि घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेको संख्या ९ लाख २ हजार नाघेको छ ।

हाल ७० लाख १५ हजार भन्दा बढि सकृय संक्रमित छन् भने ६० हजार भन्दा बढि गम्भीर अबस्थामा रहेका छन् ।

अहिले सम्म सबै भन्दा बढि संक्रमित रहेको अमेरिकामा ६५ लाख १४ हजार भन्दा बढि संक्रमित भइ ३७ लाख ९७ हजार भन्दा बढि निको भएका छन भने १ लाख ९४ हजार भन्दा बढीको ज्यान गएको छ ।

दोश्रो नं. मा रहेको भारतमा ४३ लाख ७४ हजार भन्दा बढी संक्रमित भइ ३३ लाख ९८ हजार भन्दा बढि निको भइ ७३ हजर भन्दा बढिको ज्यान गएको छ ।

संक्रमितको हिसाबले तेश्रो स्थानमा रहेको ब्राजिलमा अहिले सम्म ४१ लाख ६५ हजार भन्दा बढि संक्रमित भएका छन् भने ३३ लाख ९७ हजार भन्दा बढि निको भइ १ लाख २७ हजार भन्दा बढिको ज्यान गएको छ ।

 


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता हुने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु विषयमा ठोस…

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली रकेट स्टारशिप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। रकेटले २६ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई कक्षामा स्थापित…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। यसले विश्वव्यापी…

प्रतिकृयाहरू
...