Friday 2nd October 2026

लघुकथाः झोला -नारायण कोइराला


आज बिहान विमानस्थलमा टेक्दा मेरो मन खुशीले गदगद थियो । सबै वेदना भुलि सकियो, आज खुशीको क्षण थियो । यसो आँखा घुमाए, सधैं आउँदा जस्तो भीड थिएन । सुरक्षाकर्मी तैनाथ थिए । लाग्छ मलाई जेल लान लागिएको छ ।

अघि पछि कोही छैन, सिधै होटलमा लैजाने बस छ । न हाइ न हेल्लो सबका अनुहार मास्कले छोपिएका छन् । त्यो मेरो झोला हातमा लिएर म बसमा बसें । एकछिन पछि होटल पुगियो । अरू साथीहरू पनि थिए, न त कुनै तामझाम थियो न त कुनै चहलपहल नै ।

मेरो लागि कोठा तयार थियो , टाढाबाट एउटा सानो भाईले कोठा देखाउँदै भन्यो, हजुरको कोठा दाई । यति भनि उ पनि गयो । रातीको खाना ढोका निर आयो । खाना सादा थियो । यसपाली मेरो झोला पनि खाली जस्तै थियो ।

१५ दिनको बसाइ पछि गाउँ पुगियो । सबै जना हल्ला गर्दै थिए, त्यो आउने बाटो तिर हिँड्न हुन्न भन्दै । म चुपचाप थिएँ, सधैं आउँदा टोलका साथी भाई मेरो झोलालाई खुब माया गरेर बोक्न अघि सर्थे । यसपाली त्यस्तो भएन ।

म घर पुगि सकेको थिएँ । आँगनमा थचक्क बसें र त्यो मेरो झोला तर्फ एकोहोरो हेरिरहें । यो कोरोनाको महामारीले मानिसको सम्बन्धलाई कस्तो बनाएको छ ? सोची रहें, सोची रहें ।

तानसेन पाल्पा
हालः युएइ


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...