Monday 23rd February 2026

लघुकथाः सन्नाटा


नारायण कोइराला – बिहानीको अवस्था आउनु भन्दा पहिले चिर्विर चराहरू कराउन सुरु गरिरहेका छन्। ठूला डाँडाहरुमा अली अली उज्यालो किरण आउन थालेको छ। विस्तारमा आधा निद्रामा सुती रहेकी मधुमालाको फोनको घण्टी बज्यो। निद्रा बिथोल्दै फोन उठाउन पुगिन्। फोनका आवाजले उनको आवाज नैं बन्द गरायो।

उनको शरीर भरी पसीना आयो ।उनको बोली फुट्न सक्ने अवस्था थिएन। सगै सुतेको उनको सानो छोरोले के भो ममी भन्दै बोलाउन थाल्यो । उसको आवाज सुनेर वरिपरिका मानिस जम्मा भए।मधुमाला जमीनमा पल्टिएकी थिइन। सबै रन भुल्ल थिए। छोरो रोईरहेको थियो।

मोबाइल फेरि बज्यो जम्मा भएका मध्येबाट एकजनाले फोन उठाए ।उनी पनि एक्छिन के बोल्ने थाहा नै भएन।सन्नाटा छायो ।उज्यालो हुँदै गरेको बिहानी,औँसीको रात जस्तो भयो। विदेशमा रहेका मधुमालाको जीवन साथीले फेरि नफर्कने गरी यो दुनियाँ छोडी सक्नु भएको थियो। सबै जना मधुमालालाई पानी छर्किए। बिस्तारै उनका आँखा खुल्छन्।सबै बाकसको प्रतिक्षामा बस्छन्।

उफ्फ!!!!

हालः युएइ ।


सम्बन्धित शीर्षकहरु

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

रूस–युक्रेन युद्धको तेस्रो वर्ष नजिकिँदै गर्दा युद्धभूमिमा जति गोलाबारी छ, कूटनीतिक मोर्चामा त्यति नै शब्दहरूको टकराव देखिन्छ। यही सन्दर्भमा युक्रेनका…

मध्यपूर्वको सुरक्षा संरचनामा पुनः एकपटक ठूलो भू–राजनीतिक भूकम्पको संकेत देखिन थालेको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकालमा सुरु भएको कडा…

प्रतिकृयाहरू
...