Saturday 24th October 2026

पाकिस्तानमा बाढीको वितण्डा, कम्तिमा ८० को मृत्यु


तितोपाटी – पाकिस्तानमा भीषण बाढीको कारण कम्तिमा ८० जनाको मृत्यु भएको जनाइएको छ । केही दिन यता त्यहाँ जारी वर्षाका कारण बाढीको प्रकोप देखिएको छ । सिन्ध प्रान्तका केहि जिल्ला र बलुचिस्तान प्रान्तमा समेत बाढीले असर गरेको छ भने पाकिस्तानको राजधानी कराँची शहरमा बाढीले बढी क्षति पुर्याएको समाचारमा जनाइएको छ । कराँचीमा मात्रै ४७ जनाको मृत्यु भएको जनाइएको छ । भारी वर्षा भइ नै रहेकोले प्रशासनले सबैलाइ सतर्क रहन सूचना जारी गरेको छ । कतिपय स्थानमा विद्युत अापुर्तिमा समस्या भएको  र मोवाइल नेटवर्क सम्पर्क समेत हुन नसकेको त्यहाँबाट प्रकाशित अनलाइन समाचार पोर्टल ‘द न्यूज’ ले जनाइएको छ ।

कराँचीको मौसम विभागले दिएको जानकारीमा उक्त नगरमा पहिलो पटक १२ घन्टामा नै निकै भारी मात्रामा पानी परेको थियो । शहरका सडकहरू नै नदीमा परिणत भएका छन् भने उद्दारको लागि सेनालाइ परिचालन गरिएको छ ।

बाढीमा फसेका सयौँ व्यक्तिलाई उद्धार गरिएको छ भने यहाँका हजारौँ व्यक्ति बाढीबाट विस्थापित भएका छन् । अकस्मातको भारी वर्षाका कारण त्यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । त्यसैगरी त्यहाँका धेरै क्षेत्रमा भौतिक संरचनाहरुमा पनि क्षति पुगेको बताइएको छ ।

 


सम्बन्धित शीर्षकहरु

इरानमाथि फेरि सैन्य कारबाही गर्न सक्ने ट्रम्पको चेतावनी, ‘एपिक फ्युरी’ दोहोर्‍याउने सङ्केत 6 वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध…

राजनीतिमा सबैभन्दा धेरै देखिने व्यक्ति नै सबैभन्दा धेरै प्रभावशाली हुन्छ भन्ने छैन। कहिलेकाहीँ मञ्चमा उभिएर भाषण गर्नेभन्दा पर्दापछाडि बसेर निर्णयको…

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

प्रतिकृयाहरू
...