Tuesday 13th October 2026

श्रमसहचारी ज्ञानेन्द्र शर्मालाई मोना कुवेतले गर्यो बिदाई


म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले नेपाली दूतावास कुवेतका श्रमसहचारी तथा मोना कुवेतका मानार्थ सल्लाहकार ज्ञानेन्द्र शर्मालाई एक विशेष कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ ।

मोना कुवेतका अध्यक्ष प्रेम बहादुर बिश्वकर्मा, उपाध्यक्ष मान बहादुर फगामी, महासचिब चन्द्र बिश्वकर्मा, सहसचिब तेजिन श्रेष्ठ र कोषाध्यक्ष कृष्ण प्रसाद खड्काले नेपाली दूतावासका श्रमसहचारी तथा मानार्थ सल्लाहकारलाई दोसल्ला, खादा लगाई उहाँले गनु भएको कार्यको उच्च मुल्याङ्क गर्दै प्रशंसा पत्रले सम्मान गरी बिदाई गरेको छ । उक्त बिदाई कार्यक्रममा बोल्दै श्रमसहचारीले भन्नुभयो कुवेतको बसाईलाई बिट मारी जादै गर्दा निकै दुख लागेको छ । भावि दिनमा कुवेतमा कार्यरत नेपालीको समस्यामा सक्दो सहयोग गर्ने साथै मोना कुवेतको लागी पनि जुनसुकै ठाउँमा रहे पनि आफुले सक्दो सहयोग गर्ने बताउनु भएको छ ।

म्याग्दी जिल्ला पात्लेखेत स्थायी घर भएका ज्ञानेद्र शर्मा २०७४ पुस ०५ गते नेपाली दूतावास कुवेतका लागि श्रमसहचारीको रुपमा कुवेत आउनु भएको थियो । नेपाली दूतावास कुवेतमा झण्डै ३१ महिना काम गरी २९ अगष्ट २०२० का दिन बिहाना १० बजे नेपाल एयरलाइन्सको फ्लाइटबाट नेपाल फर्किदै हुनुहुन्छ ।

कुवेतमा नेपालीको समस्यामा हरदम सहयोग गर्दै आउनु भएका श्रमसहचारी आफ्नो सफल कार्यकाल पुरा गरी नेपाल फर्किन लाग्नु भएको हो । कुवेतमा नेपालीहरुको हरेक समस्या समाधान गर्न तल्लिन रहनुको साथै कुवेतमा रहेका कृयाशिल संघ सस्था संग पनि श्रमसहचारीले निकै राम्रो समन्वय गर्नु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...