Saturday 25th April 2026

अफ्गानिस्तानमा बाढीको कारण कम्तिमा १०० को मृत्यु


तितोपाटी – अफगानिस्तानको उत्तर पुर्वी पर्वान प्रान्तमा आएको बाढीका कारण कम्तीमा १०० जनाको मृत्यु भएको छ भने सैयाैं घरहरू भत्केका छन् । पर्वान पान्तको चरिकर सहरमा भारी वर्षा पछि बुधबार बिहानीपख भीषण बाढी आएको हो । अल जजिरा न्यूजकका अनुसार बाढीको समयमा मानिस सुतिरहेका थिए । मृत्यु हुनेहरुमा अधिकांश महिला तथा बालबालिकाहरु रहेको जनाइएको छ ।

प्रान्तका प्रवक्ता वाहिदा सकारले बाढी प्रभावितहरुको उद्धार कार्य जारी रहेको जनाएका छन् । उद्धार टोलीले नष्ट भएका घरहरुमा दबिएका व्यक्तिहरूको खोजी गर्ने क्रममा मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ।

बाढीका कारण दर्जनौं घरहरुका पुरिएका स्थानीयहरुको भनाइ छ । ‘५० भन्दा बढी घरहरु पूर्णरूपमा ध्वस्त भएका छन् । बाढीको समयमा सबै मानिस घरमा थिए । कति जनाको ज्यान गयो भन्ने कुनै यनिक छैन,’ पर्वान प्रान्तका स्थानीय अहमद जानले भने ।

प्रहरी तथा उद्धारकर्मीहरुले बाढी प्रभावितहरुको खोजी तथा पुन:स्थापनको कार्य गरिहेको छ । अफगान राष्ट्रपति असरफ घानीले आपत्कालीन सहयोगका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका जनाइएको छ । उनले बाढीमा परि ज्यान गुमाउनेहरुप्रति समवेदना प्रकट गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस अघि पनि अगस्ट पहिलो साता आएको बाढीका कारण अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा १६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये १५ जना बालबालिका थिए । बाढीका कारण दर्जनौं घरहरुका ध्वस्त भएका थिए ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...