Tuesday 5th May 2026

विश्वकप फुटबल २०१८ अन्तर्गत अाजको सेमिफाइनल फ्रान्स र बेल्जियम बिच हुने


तितोपाटी – रुसमा जारी विश्वकप २०१८ अन्तर्गत अाज (मगलबार)बाट सेमिफाइनलका खेलहरु सञ्चालन हुँदैछन् । अाजकाे पहिलो सेमिफाईनलमा फ्रान्स र बेल्जियम आमने सामने हुँदैछन् ।

छैटौंपटक सेमिफाइनल खेलिरहेको फ्रान्स र १९८६ मा एक पटक सेमिफाईनल खेलको बेल्जियमबीचको खेल जारी विश्वकपमा रोमाञ्चक हुने धेरै विश्वास गरिएको छ ।

नेपाली समय अनुसार पौने १२ बजे क्रेस्टोभसी स्टेडियममा खेल हुनेछ । यी दुई टोलीबीच ठूला प्रतियोगितामा हालसम्म तीन पटक भएको छ । जहाँ फ्रान्स तीनै पटक जित निकाल्न सफल भएको छ ।

सन् १९३८ को विश्वकपमा भेट हुँदा फ्रान्सले तीन एकले जितेको थियो । त्यसै गरी १९८६ मा चार दुई गोलले हराएको थियो । १९८४ को युरोपियन च्याम्पियनसिपमा भने फ्रान्सले पाच शुन्यले हराएको थियो । तर समग्र खेलको कुरा गर्दा यी दुई राष्ट्रबीचको यो ७४ औ भेट हो । जहाँ ३० पटक बेल्जियमले जितेको छ भने २४ पटक फ्रान्सले जित्दा १९ खेल भने बराबरीमा टुंगिएको छ ।

जारी विश्वकपको समुह चरणमा अपराजित रहेको बेल्जियम समुह विजेता बन्दै प्रिक्वाटरफाईनलमा जापानलाई हराउँदा क्वाटरफाइनलमा भने ब्राजिल जस्तो बलियो टिमलाई हराएको थियो । सेमिफाईनमा जित निकाल्दै वेल्जियम यो पटक उपाधि नै जित्न चाहन्छ । उसका लागि बेल्जियमका हरेक खेलाडीले मैदानमा गतिलो फर्ममा रहेको प्रमाणित गरिसकेका छन् ।

निकै फर्ममा रहेका रुमेलु लुकाकुको वेग र चाललाई छेक्न सक्नु फ्रान्सको चुनौती बन्नेछ भने सम्पूर्ण समिश्रणले भरिएको फ्रान्सलाई रोक्नु बेल्जियमको निम्ति पनि निकै कडा चुनौती बन्ने पक्कै छ । फ्रान्समा दोस्रो पेलेको उपनाम पाएका केलियन एम्बाप्पे, एन्टोनी ग्रीजम्यान, पाउलो पोग्बाको समिश्रणले फ्रान्सलाई उपाधि नजिक पुर्याउन सक्नेछ ।


सम्बन्धित शीर्षकहरु

Yaniv Dover को नयाँ अनुसन्धानले आधुनिक डिजिटल युगको एउटा गहिरो वास्तविकता उजागर गर्छ— आजको संसारमा मानिसहरू केवल आफ्नै अनुभवबाट होइन,…

सरकारले अघि बढाएको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाभित्र रहेको ट्रेड युनियन व्यवस्थाको औपचारिक…

नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल  कार्यक्रम सम्पन्न…

प्रतिकृयाहरू
...