Sunday 12th July 2026

नेपालमा पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना संक्रमण, थप ६ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या २८९३८ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ११११८ जना उपचाररत रहेका छन् । आइसोलेसनमा रहनेहरू मध्येमा ३१३१ जना होम आइसोलेशनमा छन् भने बाँकी ७९८७ जना संस्थागत आइसोलेशनमा छन् । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १२० जना कोरोना जितेर घर फर्केका छन् भने ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बुधबार अपरान्ह सम्म कुल १७७०० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मोरङ, भक्तपुर, सुनसरी र चितवनका १-१ महिला तथा  काठमाण्डू र बर्दियाका १-१ पुरुष गरी ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १२० पुगेको छ । हालसम्म देशभरभा ३९ वटा प्रयोगशालाबाट पीसीआर विधिबाट ५ लाख ५४ हजार ३ सय ३८ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १३ हजार ५ सय ७१ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड २३ लाख ३४ हजार भन्दा बढि संक्रमित भइ १ करोड ५० लाख ७० हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ७ लाख ८४ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

इरानले अमेरिकी अधिकारीहरूलाई हालैका केही समुद्री घटनाबारे स्पष्टीकरण दिँदै ती आक्रमणहरू जानाजानी नभई हतियार प्रणालीको एउटा “त्रुटिपूर्ण (errant) भाग” का…

अमेरिकाले इरानलाई परमाणु गतिविधि अघि बढाउनबाट रोक्न आवश्यक परे सैन्य विकल्प अझै खुला रहेको जनाएको छ। वासिङ्टनले तेहरानमाथि दबाब बढाउँदै…

गण्डकी प्रदेशसभाले औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई वैधानिकता दिने उद्देश्यसहित तयार गरिएको गाँजा खेती नियमन तथा व्यवस्थापन विधेयक…

प्रतिकृयाहरू
...