Wednesday 28th October 2026

अछाममा खोलाले बजार नै बगायो, ६ जनाको शब फेला पर्यो, अरू दर्जनाै बेपत्ता


अछामको कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका वडा नम्बर ५ मा पर्ने सैनी बजार बगाउँदा दर्जनाै स्थानीय बेपत्ता भएका छन्। अहिले सम्म ६ जनाको शब फेला परेको छ मृतकहरूको सनाखत भइसकेको छैन ।  कैलाश खोलाको बाढीले पुल नै भत्काएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी योगेन्द्रसिंह थापाका अनुसार ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्र र २ जनाको शव मंगलसेन नगरपालिका-३ रलेको लमतणा र सेरीमा भेटिएको छ ।

बाढीले सिंगो बजार नै बगाए पछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी उद्धारमा खटिएका छन् । खोला छेउमा रहेको पुरै बजार बगाए पनि यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । बाढीले दर्जनौं परिवार विस्थापित भएका छन् ।

बाढीले सैनीबजारलाइ बगरमा परिणत गराएको छ भने खालबजार, मुजाबगर,  गजड, अल्लेडी लगायत धेरै ठाउँमा मानवीय र भौतिक क्षति भएको छ ।

-कान्तिपुरबाट

 


सम्बन्धित शीर्षकहरु

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

भारत र चीनबीचको सम्बन्ध सुधार गर्ने प्रयास भइरहेका बेला दुवै देशबीचको सीमा क्षेत्रमा फेरि तनाव देखिएको छ। भारतको उत्तरपूर्वी राज्य…

प्रतिकृयाहरू
...