Monday 10th August 2026

गजल -राम भण्डारी


सुरु सुरुमा के-कसो हो जानिएन भन्दा भन्दै ।
के हो सहि, के हो गलत छानिएन भन्दा भन्दै ।।

ध्यान जान सकेन साँच्चै कोरोनाको बारेमा
आफैं जान्नेसुन्ने भईयो मानिएन भन्दा भन्दै ।।

विचार पनि नगरेर हेलचक्य्राइँ कसले गर्यो
कोभिड छिर्ने ढोकाहरु तानिएन भन्दा भन्दै ।।

समयको माग के हो? बुझ्नुपर्थ्यो सरकारले
बन्दाबन्दी किन उचित ठानिएन भन्दा भन्दै ।।

हामी बिग्रियौ छिमेकीको लहैलहैमा लागेर
किन मौकामा चौका हानिएन भन्दा भन्दै ।।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

बोगोटा, १० अगस्ट २०२६ — पश्चिमी कोलम्बियामा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच पूर्ण वार्ता नभई “आंशिक (semi-negotiating)” स्तरको संवाद मात्र भइरहेको बताएका छन्। उनले इरानमाथिको…

नाइजेरियाको कानो राज्य सरकारले आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग गर्ने उद्देश्यले १,५०० जोडीको दुई दिने सामूहिक विवाह कार्यक्रम सम्पन्न गरेको…

प्रतिकृयाहरू
...