Monday 10th August 2026

केहि मर्मस्पर्शी मुक्तकहरू -राम भण्डारी


सबैका कथा र ब्यथा हुन्छन् जिबनमा ।
कति मिठा,तिता दुबै हुन्छन् जिबनमा ।
कुनै पर्वाह नगरेर उतार चढावको पनि
केहिले मात्रै सगरमाथा छुन्छन् जिबनमा ।

धेरै भएको छैन अस्ति मात्रै भेटेको हो ।
पत्तै नपाईकन हत्तारमा प्यास मेटेको हो ।
फेरि कसरी अाज आएर निर्दयी हुँदै
किन मेरो सपनाको घाँटी रेटेको हो ।

लुकेर भेट्नु भन्दा नभेटेकै जाती ।
झुकेर हेर्नु भन्दा त नहेरेकै जाती ।
सँधै जसो कपट गरि गरि तिमीले
झेलले हराउने खेल नखेलेकै जाती ।

‌मुटु पनि धड्कन सँग छुटेपछि यहाँ ।
आशा पनि सिसा जस्तै फुटेपछि यहाँ ।
बाँचेको के सार यो‌ स्वार्थी दुनियाँमा
सामुन्नेमै तिम्रो इज्जत लुटेपछि यहाँ ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

उष्णकटिबन्धीय चक्रवात ‘लुइस’ र ‘मेमे’ तथा तीव्र दक्षिणपश्चिमी मनसुनी वर्षाका कारण उत्तरी फिलिपिन्समा कम्तीमा १२ जनाको मृत्यु भएको छ। फिलिपिन्सको…

इरानले होर्मुज जलडमरूमध्य पुनः खोल्नुअघि अमेरिका आफ्नो प्रतिबन्ध, सैन्य दबाब र युद्धसँग सम्बन्धित क्षतिपूर्ति जस्ता माग पूरा गर्नुपर्ने अडान दोहोर्‍याएको…

अमेरिका र क्यानडाको पश्चिमी क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण हजारौँ मानिस प्रभावित भएका छन्। क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तस्थित ओकानागन ताल…

प्रतिकृयाहरू
...