Monday 10th August 2026

केहि चोटिला मुक्तकहरू -राम भण्डारी


फेशन हो कि नाईटो देखाई भुँडी छोप्नु पर्ने ।
सधैं ढाक्नुपर्ने ठाउँमा ठुलो ट्याटु खोप्नु पर्ने ।
श्रृंगार कै प्रकृया हो कि सुन्दरी हुने बहाना
शरीरबाट रौंहरू झिकेर टाउकोमा रोप्नु पर्ने ।

ताराको के महत्व चम्किलो जुन पाएपछि ।
चाँदिको के भाउ सक्कली सुन पाएपछि ।
टाढैबाट नियाल्दै छु तिमीलाई आजभोलि
साह्रै खुसी भयौ खुनको साटो गुन पाएपछि ।

अब सहारा चाहिन्न तिम्रो जिबन जिउनलाई ।
अब बहाना चाहिन्न मधुशालामा पिउनलाई ।
तिम्रो ज्यादतीको पराकाष्ठा मैंले बुझिसकें
छोड सियो सरि बचनले मेरो मुटु सिउनलाई ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

बोगोटा, १० अगस्ट २०२६ — पश्चिमी कोलम्बियामा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच पूर्ण वार्ता नभई “आंशिक (semi-negotiating)” स्तरको संवाद मात्र भइरहेको बताएका छन्। उनले इरानमाथिको…

नाइजेरियाको कानो राज्य सरकारले आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग गर्ने उद्देश्यले १,५०० जोडीको दुई दिने सामूहिक विवाह कार्यक्रम सम्पन्न गरेको…

प्रतिकृयाहरू
...