Friday 2nd October 2026

गजल -राम भण्डारी


एकोहोरो मेरो मनलाई तान्यौ तिमीले ।
घाईते बनाई मुटुमा तिर हान्यौ तिमिले ।।

डर लाग्थ्यो मनका कुरा तिम्रो सामु भन्न
तिमील जे गर्यौ ठिकै गर्यौ जान्यौ तिमीले ।।

तिम्रो नजर किन होला पर्यो मै माथि
लाखौंमा एक मलाई नै छान्यौ तिमीले ।।

धन्यवादको पात्र तिमी म पनि धन्य छु
मलाई तिम्रो जिवनसाथी ठान्यौ तिमीले ।।

सुख-दुख जिन्दगीका सबै पाना संगालेर
रामको जिवन एक्लो थियो धान्यौ तिमीले ।।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...