Friday 2nd January 2026

कुवेतमा घरेलु मदिरा उत्पादन केन्द्र चलाउने नेपालीहरु पक्राउ


हरि कृष्ण न्यौपाने-कुवेतको अहमदी प्रहरी सुरक्षाकर्मीहरूले फिन्तास भन्ने ठाउँमा नेपालीहरु द्वारा संचालित घरेलु मदिरा उत्पादन केन्द्रलाई छापा मारेको छ । त्यहाँबाट उक्त उत्पादन केन्द्र सन्चालन गर्ने एक महिला सहित केही नेपालीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कुवेतको अनलाइन पोर्टल आइमानमाटमा अगष्ट ६,२०२० का दिन प्रकशित समाचारमा तीन पुरुष र एक महिलाको तस्बिर सहित उनीहरुलाई प्रहरीले पक्राउ गरिएको जनाए पनि पक्राउ पर्नेहरुको परिचय र अन्य बिबरण भने खुलाईएको छैन। उक्त समाचारमा भनिएको छ “मदिरा उत्पादन केन्द्रवाट मदिरा उत्पादनमा प्रयोग गरिने ब्यारेल (ड्रमहरु), केही उपकरण र तयारी अबस्थामा रहेको मदिरा समेत जफत गरिएको छ।”

त्यस्तै गरि कुवेतको हवाली प्रहरीले आयातित र घरेलु मदिरा सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।उनलाई ग्राहकलाई बेच्न भनेर लैजान तयारी अबस्थामा पार्क गरिएको कारमा ५०० बोतल आयातित र घरेलु मदिरा सहित पक्राउ गरिएको हो। ती भारतिय नागरिकलाई प्रहरीले कानुनी प्रकृयाका लागि सम्वन्धित निकायमा पठाएको छ।


सम्बन्धित शीर्षकहरु

जलीब अल-शुयुख क्षेत्रमा विलासी सवारी साधनहरूको लापरवाह ड्राइभिङको घटना पछि धेरै एसियाली प्रवासीहरूलाई देश निकाला गरिएको समाचार आज को अरब…

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

प्रतिकृयाहरू
...