Saturday 3rd January 2026

गजल -राम भण्डारी


बाहिर गोरो तर भित्र कालो छ नेताज्यू ।
जता गएपनि त तिम्रै जालो छ नेताज्यू ।।

नपत्याए हेरौं त आफ्नै वरिपरि देखिन्छ
स्वकिय सचिव त तिम्रै सालो छ नेताज्यू ।।

सहयोग गर्नु है भ्रष्टाचारिलाई यसपाली
मन्त्री बन्ने त अब तिम्रै पालो छ नेताज्यू ।।

धोयौ रे सफा पारेर बलत्कारी र हत्यारा
अस्तिको तिम्रो कर्तुत आलो छ नेताज्यू ।।

अब के गर्दैछौ भन्ने पनि प्रष्टै छ सबैलाई
हिङ्ग छैन के त हिङ्गको टालो छ नेताज्यू ।।

अब किन डराउनु जाबा जनताहरु सँग
भ्रष्टाचारीहरु सँग हाते-मालो छ नेताज्यू ।।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं


सम्बन्धित शीर्षकहरु

जलीब अल-शुयुख क्षेत्रमा विलासी सवारी साधनहरूको लापरवाह ड्राइभिङको घटना पछि धेरै एसियाली प्रवासीहरूलाई देश निकाला गरिएको समाचार आज को अरब…

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

प्रतिकृयाहरू
...