Saturday 22nd August 2026

नेपालमा कोरोना बढ्दो, कुल संक्रमित २०७५० हुँदा झण्डै १५ हजार निको भए, ५७ जनाको मृत्यु


तितोपाटी – नेपालमा कोभिड-१९ का कुल संक्रमित संख्या पाैने २१ हजार पुग्दा निको हुनेको संख्या १५ हजार पुग्न लागेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २०७५० पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ५७३२ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ३५८ जना कोरोना जितेर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार सोमबार अपरान्ह सम्म कुल १४९६१ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ५७ पुगेको छ । हालसम्म देशभरका २७ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट ३ लाख ९८ हजार  ४ सय ८ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १० हजार ४ सय ५२ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ८२ लाख ५९ हजार भन्दा बढि संक्रमित भइ १ करोड १४ लाख ६० हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ६ लाख ९३ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — नेपाल सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानबीच शनिबार १४ बुँदे सहमति…

टर्की र पाकिस्तानबीच बढ्दो सैन्य तथा रणनीतिक सहकार्यका बीच इजरायली रणनीतिक विश्लेषकहरूले NATO को Article 5 को दायराबारे नयाँ कानुनी…

साउदी अरबको कच्चा तेल बोकेको ‘SERENO’ नामक तेल ट्यांकरले अमेरिकी समर्थनमा सञ्चालन गरिएको सुरक्षा करिडोर प्रयोग गर्दै होर्मुज जलडमरूमध्य पार…

प्रतिकृयाहरू
...