Friday 23rd October 2026

नेपालमा कोरोना बढ्दो, कुल संक्रमित २०७५० हुँदा झण्डै १५ हजार निको भए, ५७ जनाको मृत्यु


तितोपाटी – नेपालमा कोभिड-१९ का कुल संक्रमित संख्या पाैने २१ हजार पुग्दा निको हुनेको संख्या १५ हजार पुग्न लागेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २०७५० पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ५७३२ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ३५८ जना कोरोना जितेर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार सोमबार अपरान्ह सम्म कुल १४९६१ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ५७ पुगेको छ । हालसम्म देशभरका २७ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट ३ लाख ९८ हजार  ४ सय ८ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १० हजार ४ सय ५२ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ८२ लाख ५९ हजार भन्दा बढि संक्रमित भइ १ करोड १४ लाख ६० हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ६ लाख ९३ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

यसपालि गाउँका भित्ताहरूमा माटोको रैथाने रङ चढेन, न त गोरेटोहरूमा कसैका पाइला नै सुनिए। कुनै समय पिङको मच्चाई, चङ्गाको उडाई…

तिब्बत क्षेत्रमा बिहीबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्।…

दक्षिण अफ्रिकाको तटीय सहर डरबनमा आप्रवासीविरोधी प्रदर्शनका क्रममा एक विदेशी नागरिकको कुटपिटबाट मृत्यु भएको छ। प्रहरीले बिहीबार दिएको जानकारी अनुसार…

प्रतिकृयाहरू
...