Monday 30th March 2026

आँखाको क्यान्सर पिडित अंकित राईको लागि कुवेतबाट आर्थिक सहयोगको अपिल


तितोपाटी डटकम-रूपाकोट-मझुवागडी वडा नं. ३,खोटाङ दिक्तेल (बाम्राङ्ग सामातुङ्ग) निवासी विदेश राईको घरमा अहिले ठुलो बज्रपात आइपरेको छ।उनका बर्ष ५का नाबालक छोरा अंकित राईलाई तिलगंगा आँखा अस्पतालले उपचारको क्रममा देब्रे आँखामा क्यान्सर भएको पुष्टी गरेको हुनाले उपचारको लागि आर्थिक सहयोगको लागि अपिल गरेका छन्।

क्यान्सर जस्तो गम्भीर रोगका कारण मृत्युसंग लडिरहेको र लामो समय सम्म किमो दिनुपर्ने र यो उपचारको लागि ठुलो धनराशी लाग्ने भएकोले सहयोगका लागि बुबा विदेश राई सबैजनासंग छोराको लागि सहयोग जुटाइदिनु हुन हार्दिक अनुरोध गरेका छन्।

उपचारमा संलग्न डाक्टरको सुझाव अनुसार जति सक्यो चाडो भन्दा चाडो किमो थरापी गर्नु पर्ने भएको छ। साथै जति ढिला भयो उतिनै स्वास्थ्यमा खतरा उत्पन्न हुने र यो बिधिले काम नगरे तत्काल आँखानै निकाल्नुपर्ने डाक्टरले सुझाएको हुँदा देश तथा विदेशमा रहनु हुने दाजुभाइ तथा दिदिबहिनीहरु सबैमा बालकको भबिष्यको खातिर आ-आफ्नो तर्फबाट के कति सकिन्छ आर्थिक सहयोग गरिदिन हुन तितोपाटी डटकम मार्फत बिमारी अंकित राईको बुबा विदेश राईले हार्दिक अपिल गरेका छन्।

बिमारी अंकितका बुबा आफु पनि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहदा ६ महिना सम्म बिमारी भएपछि आफु रित्तो हात फर्किएको र परिवारमा आय श्रोत केहि नभएकोले उपचार खर्च जुटाउनको लागि दाताहरुसंग अपिल गरेर आफ्नो भविष्यको सहारा नाबालक छोराको लागि आर्थिक सहयोगको जुटाईदिनु हुन अनुरोध गरेका छन्। आर्थिक सहयोग गर्नु हुने मनकारी दिदीबहिनी तथा दाजुभाईहरुलाई बालक अंकित राईको बुबा विदेश राईको तल उल्लेखित बैंक खाता नम्बरमा वा सिधै सम्पर्क गरेर थप जानकारी लिन सक्नु हुने छ।

कुवेतको लागि सम्पर्क :-

मन्जित राई ९६९६४४३६
नैनकला राई ६०६७०२८६
केदार आले मगर ६६११९७८८९
बैजन्ति राई ६७६५३१०७
भगिरथ राई ६००८४७५२

नेपालको लागि सम्पर्क :-
मात्रिका राई :- ९८५११३१८३६
बिदेश राई :- ९८६२६२००१९ बीमारीको बुबा
सन्तोष राई :- ९८१३६८६९६०

विदेश राई
बैंक खाता नं. :- ०२२००००४६७SG
सिटिजन बैक
चक्रपथ-काठमान्डौ


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...