Friday 23rd October 2026

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो


तितोपाटी – नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २००८६ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ५३३८ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ९३ जना कोरोना जितेर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शनिबार अपरान्ह सम्म कुल १४४९२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । हालसम्म देशभरका २७ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट ३ लाख ८२ हजार  ४ सय ९० जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा ११ हजार ५ सय ३३ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ७७ लाख ९३ हजार भन्दा बढि संक्रमित भइ १ करोड ११ लाख ८५ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ६ लाख ८३ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

यसपालि गाउँका भित्ताहरूमा माटोको रैथाने रङ चढेन, न त गोरेटोहरूमा कसैका पाइला नै सुनिए। कुनै समय पिङको मच्चाई, चङ्गाको उडाई…

तिब्बत क्षेत्रमा बिहीबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्।…

दक्षिण अफ्रिकाको तटीय सहर डरबनमा आप्रवासीविरोधी प्रदर्शनका क्रममा एक विदेशी नागरिकको कुटपिटबाट मृत्यु भएको छ। प्रहरीले बिहीबार दिएको जानकारी अनुसार…

प्रतिकृयाहरू
...