Thursday 22nd October 2026

कोरोना-जगदम्बा इन्टरप्राइजेजका सिइओसहित वीरगन्जमा तीन जनाको मृत्यु


बिहीबार एकैदिन वीरगन्जमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा जगदम्बा इन्टरप्राइजेजका सिइओ र दुई जना वीरगन्ज निवासी पुरुष रहेको नारायणी अस्थायी अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए। ६५ वर्षीय जगदम्बाका सिइओ भारतीय नागरिक हुन्। उनलाई लामो समयदेखि मुटुको विरामी रहेको डा. सिंहले बताए।उनी गत साउन ७ गते संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए।

‘उहाँलाई बिहानै देखि अक्सिजन कमी भएपछि भेन्टिलेटरमा राखेका थियौं। तर उहाँको राति ११ बजेतिर मृत्यु भयो,’ उनले भने। बाँकी दुई जना मृतक पनि वीरगन्जकै हुन्। जसमा ३५ वर्षीय युवक र ७५ वर्षीय वृद्ध रहेका छन्। युवक गत बुधबार अस्पताल भर्ना भएका थिए।उनमा केही दिनदेखि ज्वरोको समस्या देखिएको थियो। उनको पनि गण्डक अस्पतालमै उपचारको क्रममा मृत्यु भएको हो।अर्का ७५ वर्षीय वृद्धको भने घरमै मृत्यु भएको र पछि स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको डा. सिंहले जनाए। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला…

साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले…

साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।…

प्रतिकृयाहरू
...