Monday 24th August 2026

कोरोना-जगदम्बा इन्टरप्राइजेजका सिइओसहित वीरगन्जमा तीन जनाको मृत्यु


बिहीबार एकैदिन वीरगन्जमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा जगदम्बा इन्टरप्राइजेजका सिइओ र दुई जना वीरगन्ज निवासी पुरुष रहेको नारायणी अस्थायी अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए। ६५ वर्षीय जगदम्बाका सिइओ भारतीय नागरिक हुन्। उनलाई लामो समयदेखि मुटुको विरामी रहेको डा. सिंहले बताए।उनी गत साउन ७ गते संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए।

‘उहाँलाई बिहानै देखि अक्सिजन कमी भएपछि भेन्टिलेटरमा राखेका थियौं। तर उहाँको राति ११ बजेतिर मृत्यु भयो,’ उनले भने। बाँकी दुई जना मृतक पनि वीरगन्जकै हुन्। जसमा ३५ वर्षीय युवक र ७५ वर्षीय वृद्ध रहेका छन्। युवक गत बुधबार अस्पताल भर्ना भएका थिए।उनमा केही दिनदेखि ज्वरोको समस्या देखिएको थियो। उनको पनि गण्डक अस्पतालमै उपचारको क्रममा मृत्यु भएको हो।अर्का ७५ वर्षीय वृद्धको भने घरमै मृत्यु भएको र पछि स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको डा. सिंहले जनाए। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणका रूपमा युक्रेनको राजधानी कीभ पुगेर युक्रेनप्रति बेलायतको अटल समर्थन पुनः दोहोर्याएका…

इजरायलले स्विडेनका युरोपेली संसद् (MEP) का दुई सदस्य जोनास स्योस्टेड्ट (Jonas Sjöstedt) र हाना गेडिन (Hanna Gedin) लाई देश प्रवेशमा…

टर्की र इजरायलबीच तनाव बढिरहेका बेला इरानबाट टर्कीको पक्षमा कडा चेतावनी आएको छ। इरानी राजनीतिक विश्लेषक सैयद मोहम्मद मरान्दीले इजरायलले…

प्रतिकृयाहरू
...