Tuesday 13th October 2026

साइप्रसमा धादिङकी छात्राको निधन


जीएनएन- अध्ययनको सिलसिलामा गत जनवरीमा धादिङबाट साइप्रस आएकी नेपाली छात्रा रेणुका कोइराला (फेसबुकमा Zoshna Koirala)को साइप्रसको निकोसियामा मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ ।

२५ जुलाईको राति करिव १ देखि २ बजे काम गरेर अफिसबाट डेरातिर फर्कने क्रममा ट्राफिक दुर्घटनामा परी घाइते भएकी उनीलाई जनरल अस्पताल पुऱ्याउँदा डाक्टरले तत्काल मृत घोषणा गरेका हुन् । निकोसीया प्रहरीले समेत यसबारे पुष्टि गरिसकेको छ ।

रेणुलाई लिएर आउने मोटरसाइकल चालकसहित मोटर साइकल प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ । घटनाको अनुसन्धानको क्रममा मृतक रेणुकाको साथबाट मोबाएल सेट, आइडी कार्ड, निलो रंगको झोला, केही यूरो भेटिएको साइप्रस प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले राजधानी रियादस्थित विमानस्थलमा भएको घातक हुथी आक्रमण रोक्न आफ्नो हवाई रक्षा प्रणाली किन असफल भयो भन्ने विषयमा अनुसन्धान…

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

प्रतिकृयाहरू
...