Wednesday 31st December 2025

नेपालको कोरोना अपडेटः १३० जना संक्रमित थपिंदा ७५ जना निको भए


तितोपाटी -विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारिरहेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १८६१३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा मा ५४४० जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ७५ जना कोरोना जितेर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार आइतबार अपरान्ह सम्म कुल १३१२८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । हालसम्म देशभरका २७ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट ३ लाख ४२ हजार  ४ सय ५७ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १७ हजार ९ सय ३ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ६२ लाख ८५ हजार भन्दा बढि संक्रमित भइ ९९ लाख ६१ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ६ लाख ४९ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...