हेलो सम्बन्धित सरकार! केही त गरिदेउ ।
तिमी त ठाउँमा छौ भोको पेट भरिदेउ ।।
बिद्यार्थी हु म शिक्षामा भविष्य देख्दैछु ।
परिवर्तनको आशाले कविता लेख्दै छु ।।
भाईरस छदै परिक्षा हुने घोषणा गराएछौ।
सरकार! हचुवाको भरमा लकडाउन हटाएछौ ।।
२ जना सक्रमित देखिँदा खेरी जनता तर्सायाै।
सेवाको नाममा गोजा गोजा बजेट बर्सायौ ।।
सोच न सरकार, जनतालाई हेरन एक पटक ।
बुझ्नै नसकिने बताउ के हो ? यो तिम्रो चटक ।।
सर्वत्र महामारी फैलिएको खवर सुनिएको छ ।
परिक्षा दिने विद्यार्थी घर भित्र थुनिएको छ ।।
मन्त्री ज्यु! एक चोटी विद्यार्थी बनेर त हेर्नुस ।
कागजमा लेखेका नचाईदा गफ केर्दै गर्नुस ।।
दुई थोपा सेनिटाईजर र मास्कले सुरक्षित भैदैन ।
ज्यानै जोखिममा राखेर,हामीलाइ मार्कसिट चाईदैन ।।
सहरबाट गाउँ आएकालाई कसरी भित्राउँछौ ।
कति समयसम्म यसरी जनतालाइ गिजाउँछौ ।।
क्वारेन्टाइन र आईसुलेशनका बिद्यार्थीले परिक्षा कसरी दिने?
हामी सुरक्षित हुन्छौ भन्ने कुरा कसरी पत्याउने । ।
बिद्यार्थीहरु पढाइ भन्दा स्वस्थ हुन चाहन्छन ।
स्वस्थ रहे आफ्नो भबिस्य आफै बनाउछन ।।
सिकाईको नाममा शिक्षा व्यावसायिकरण नबना
यथास्थितिमा परीक्षा हुन्छ नभन हटेको छैन कोरोना ।
केही त खोज न सरकार! निकाल विकल्प ।
जनता सुरक्षित राख्न जनस्वास्थ्यको गर न सङ्कल्प।।
जनता सडकमा भैलो खेल्न पर्ने नबनाउ
केही हुन्न भनि सुरक्षित भएको जनाउ ।
सुशिल बस्याल
बगनासकाली ८ बेलौतिखरक ,पाल्पा नेपाल