Thursday 22nd October 2026

नेपालको कोरोना अपडेटः १५० जना संक्रमित थपिंदा ६०९ जना डिस्चार्ज


तितोपाटी – कोभिड-१९ को विश्वव्यापी महामारीको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ६०९ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १७९९४ पुगेको छ भने देश भरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ५४७७ जना उपचाररत रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार मंगलबार अपरान्ह सम्म कुल १२४७७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । अहिलेसम्म ४० जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । हालसम्म देशभरका २७ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट ३ लाख २३ हजार ७ साय ४९ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा २१ हजार ७ सय ४ जना रहेका छन् । नेपालका ७७ जिल्ला मध्ये हाल भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ जिल्लामा एक जना पनि संक्रमित छैनन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ४८ लाख ८१ हजार भन्दा बढि संक्रमित भइ ८९ लाख ३६ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ६ लाख १३ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...