Saturday 18th April 2026

नेपालको कोरोना अपडेटः १५० जना संक्रमित थपिंदा ६०९ जना डिस्चार्ज


तितोपाटी – कोभिड-१९ को विश्वव्यापी महामारीको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ६०९ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १७९९४ पुगेको छ भने देश भरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ५४७७ जना उपचाररत रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार मंगलबार अपरान्ह सम्म कुल १२४७७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । अहिलेसम्म ४० जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । हालसम्म देशभरका २७ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट ३ लाख २३ हजार ७ साय ४९ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा २१ हजार ७ सय ४ जना रहेका छन् । नेपालका ७७ जिल्ला मध्ये हाल भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ जिल्लामा एक जना पनि संक्रमित छैनन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ४८ लाख ८१ हजार भन्दा बढि संक्रमित भइ ८९ लाख ३६ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ६ लाख १३ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले केहि विशेष क्षेत्रका कामदारहरूलाइ अागामी १ मे २०२६ देखि ३० जुन २०२६ सम्मको अवधिमा अन्य क्षेत्रमा रोजगारदाता परिवर्तन…

दार्जिलिङ — लेबोङस्थित Gorkha Stadium मा निर्धारित चुनावी सभामा भारतीय गृहमन्त्री Amit Shah प्रत्यक्ष उपस्थित हुन नसकेका छन्। प्रतिकूल मौसमका…

काठमाडौँ — नेपालका लागि चीनका राजदूत चाङ माओमिङले गृहमन्त्री सुधन गुरुङसँग सोमबार भएको अनौपचारिक भेटमा तिब्बत र ताइवानसँग सम्बन्धित गतिविधिबारे…

प्रतिकृयाहरू
...