Tuesday 11th November 2025

बलिवुडका प्रख्यात अभिनेता अमिताभ र छोरा अभिषेकमा कोरोना संक्रमण, परिवारका अन्य सकुशल


तितोपाटी – बलिवुडका प्रख्यात अभिनेता अमिताभ बच्चन कोरोना संक्रमण भएको छ । गएराती उनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो । अभिनेता अमिताभ बच्चन हाल बम्बईको नानावटी अस्पतलाको आइसोलेसनमा उपचाररत छन् । अस्पतालका अनुसार अमिताभलाई हल्का कोरोनाको लक्षण देखिएको छ । डक्टरहरुको एक समूहले उनलाई निगरानी गरिरहेको छ ।

७७ वर्षीय अमिताभलाई कोरोना पोजेटिभ देखिएपछि उनका सम्पर्कमा आएका अन्यलाई समेत कोरोना परिक्षण गरिएको छ ।

अमिताभले यो खबर सामाजिक सञ्जालमा पोष्ष्ट गरे लगत्तै उनका छोरा अभिषेकले पनि आफूलाई पनि कोरोना पोजेटिभ भएको सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । उनलाई पनि अस्पताल भर्ना गरिएको छ ।

अमिताभ र अभिषेकलाइ संक्रमण पुष्टि भएपछि घरका अन्य सदस्य अभिनेतृ तथा अमिताभ पत्नी जया, अभिषेक पत्नी तथा अभिनेतृ ऐश्वर्या र उनीहरुकी छोरी आरध्यालाई पनि कोरोना परिक्षण गरिएको थियो भने उनीहरू सबैमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

प्रतिकृयाहरू
...