Saturday 11th October 2025

प्रधानमन्त्रीको राष्ट्रियताको नारा कागजी बाघ मात्रै हो


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको टिप्पणी गरेका छन् ।नेता पौडेलले प्रधानमन्त्रीको राष्ट्रियताको कागजी बाघ दिनहुँ निरीह बन्दै गइररहेको समेत आरो लगाएका छन् । गण्डकी प्रदेशका कांग्रेस नेता–कार्यकर्ताहरुसँगको ‘भर्चुअल’ छलफलमा बोल्दै नेता पौडेलले प्रधानमन्त्रीले जति नै राष्ट्रियताको नारा लगाए पनि भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्न नसक्ने समेत दावी गरे ।

उनले नयाँ नक्सा जारी गर्न सबै दल एक ठाउँमा जुटेको सुनौंलो अवसरमा वार्ताको वातावरण बनाउँदै जानु पर्नेमा गाली गलौजमा उत्रिएर सरकार आफैले भारतसँगको वार्ताको वातावरण बिगारेको उनले आरोप लगाए ।कम्युनिष्टहरुको राष्ट्रियता मात्र नभएर समाजवाद पनि कागजी बाघ भएको दावी गदै नेता पौडेले भने, ‘कम्युनिष्टहरुले समाजवाद र समानता भन्ने गरे पनि भ्रष्टाचार गरेर नयाँ वर्ग जन्माउने काम गरिरहेका ।’

नेता पौडेलले गरिबी, अशिक्षा तथा महामारी रोक्न कम्युनिष्ट सरकार चौतफी असफल भइसकेको बताउँदै कम्युनिष्टहरुसँग जनता झुक्याएर सत्ता हत्याउने जालझेल बाहेक काम गर्ने ढङ्ग नभएको आरोप लगाए ।उनले कांग्रेसको १४ औं महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शंका नगर्न नेता–कार्यकर्तालाई आग्रह गरे । पौडेलले फागुनमा महाधिवेशन गर्नका लागि पर्याप्त समय भएको बताउँदै कतै महाधिवेशन नगराउनेहरु सक्रिय हुन्छन् किन भन्नेमा खबरदारी गर्न आग्रह समेत गरेका छन् ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

प्रतिकृयाहरू
...