Thursday 15th May 2025

नेपालमा कोरोना संक्रमित घटे, डिस्चार्ज हुनेको संख्या बढ्यो


तितोपाटी – नेपालमा पछिल्लो केहि दिन यता संक्रमित हुनेको संख्या घट्दो छ भने कोरोना जित्नेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन १३९ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १६५३१ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ भने देशभरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ८६०५ जना उपचाररत रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बिहिबार अपरान्ह सम्म कुल ७८९१ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । हालसम्म देशभरका २५ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट २ लाख ७१ हजार १ साय ४५ जनाको परीक्षण भएको  छ भने क्वारेन्टाइनमा २४ हजार ४ सय २५ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड २२ लाख ५ हजार भन्दा बढि संक्रमित भइ ७० लाख ९७ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ५ लाख ५२ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

चर्चित लोकगायक प्रकाश सपुतको म्युजिक भिडियो सकम्बरी मार्फत चर्चामा आएकी २ वर्षअघि रिलिज भएको प्रकाश सपुतको चर्चित म्युजिक भिडियो ‘सकम्बरी’बाट…

नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९…

काबुल: तालिबान सरकारले मंगलबार भनेको छ कि जुलाईमा संयुक्त राज्य अमेरिकामा कानुनी सुरक्षा खारेज हुने अफगान शरणार्थीहरूको स्वदेश फिर्तीमा ट्रम्प…

प्रतिकृयाहरू
...