Friday 26th December 2025

संक्रमण देखिएपछि स्पेनमा पुनः लकडाउन


तितोपाटी- नयाँ संक्रमण देखिएपछि स्पेनको उत्तर–पश्चिमी क्षेत्र गालिसिया क्षेत्रमा पुनः लकडाउन गरिएको छ।

अधिकारीहरुका अनुसार गालिसियामा २ सय ५८, लुगोको अ मारिनामा १ सय १७ जनामा नयाँ संक्रमण देखिएको हो। ती क्षेत्रमा आइतबारदेखि शुक्रबारसम्म लकडाउन गरिएको हो। १० जनाभन्दा बढी भेला हुन नपाउने र अनुहारमा अनिवार्य मास्क लगाउन भनिएको छ।

स्थानीय बारबाट पुनः संक्रमण फैलिएको आशंका गर्दै बारको क्षमताको ५० प्रतिशतभन्दा बढी मानिस उपस्थित हुन नपाइने नियम लगाइएको छ। यसअघि क्याटलोनिया क्षेत्रमा पनि पुनः लकडाउन लगाइएको थियो।


सम्बन्धित शीर्षकहरु

बेइजिङ/शेन्जेन — चीनले अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा पश्चिमी देशहरूको दशकौँदेखिको वर्चस्व तोड्ने दिशामा ठूलो र गोप्य कदम चालेको खुलासा भएको छ।…

१७ वर्षको निर्वासन पछि, बंगलादेश राष्ट्रवादी पार्टी (BNP) का नेता र दक्षिण एसियाली राष्ट्रको आगामी प्रधानमन्त्री बन्ने अग्रपंक्तिमा रहेका तारिक…

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

प्रतिकृयाहरू
...